• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कोभिड–१९ को सङ्क्रमण बढेसँगै अमेरिकामा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति भण्डारीलाई चिन्ता

  •   बुधबार, चैत १९, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । :संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गर्नुभएको अमेरिकास्थित नेपाली दूतवासले जनाएको छ । कोभिड–१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिरहेको र धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिनुभएको राजदूत डा अर्जुनकुमार कार्कीले बताउनुभयो । राजदूत कार्कीले ३० मार्च २०२० मा एक अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो र चिन्ता व्यक्त गर्नुभएको र नेपाली समुदायलाई सचेत र सुरक्षित भई बस्न आग्रह गर्नुभएको उल्लेख छ । राष्ट्रपति भण्डारीले मृतकका परिवारप्रति समवेदना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको अपिलमा जनाइएको छ । अमेरिकामा झण्डै पाँच लाखको सङ्ख्यामा नेपाली रहेको बताइन्छ । राजदूत कार्कीले अमेरिकामा रहेका नेपाली विद्यार्थीको भिषा तथा विद्यमान परिस्थितिले गर्दा यात्रा अवरुद्व हुन गई भिषा समाप्त भएका नेपाली नागरिकलाई आवश्यक सहयोग गर्न तथा सङ्क्रमित भएका नेपालीको उपचारमा सहयोग गर्नका लागि नेपाल सरकारले निर्णय गरेअनुरुप अमेरिकी सरकारसमक्ष अनुरोध गरिएको जनाउनुभयो । दूतावासले गैरआवासीय नेपाली सङ्घ अमेरिकालगायत अमेरिकाका ५० राज्यमा रहेका १२६ सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित कन्फ्रेन्स कल गरी नेपालीको अवस्था र गर्नुपर्ने सहयोगका बारेमा छलफल गरीे आवश्यक लगत राख्ने काम थालिएको जनाएको छ । राजदूत कार्कीद्वारा जारी अपिलमा कोभिड–१९ को यो विषम परिस्थितिमा नेपाल सरकारका निर्णयहरु तथा जानकारीमूलक सन्देश सामग्री तथा अपिलहरुको प्रचारप्रसारमा जोड दिइएको जनाइएको छ । अति आवश्यक सेवा प्रवाहलाई समेत निरन्तरता दिँदै केही समस्या परे २४ सै घण्टा सेवा उपलब्ध हुने गरी चार वटा फोनलाइनको व्यवस्था गरिएको तथा कोभिड–१९ का निम्ति छुट्टै इमेलको व्यवस्था मिलाइएको अपिलमा उल्लेख गरिएको छ । दूतावासले विद्यार्थीलाई छिटो छरितोरूपमा सेवा प्रदान गर्नका लागि समेत छुट्टै इमेल सेवाको व्यवस्था गर्दै आएको छ । केही समस्या परे अमेरिकाको वासिङ्टन डिसीस्थित दूतावास र न्यूयोर्कस्थित वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि सबैमा दूतावासले आग्रह गरेको छ । अमेरिकामा कोभिड–१९ को सङ्क्रमणका कारण एक नेपालीको ज्यान गएको छ भने केही अस्पतालमा उपचारार्थ रहेका छन् । नेपालीको बाक्लो बसोबास रहेको न्यूयोर्क शहर अहिले कोभिड–१९ को इपिसेन्टरजस्तै बनेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.