काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ६३७ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार २१५ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना जित्नेको दर ६९.२ प्रतिशत रहेको छ । हाल नेपालमा ४४ हजार ८७७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार ३३९ छ भने होम आइशोलेसनमा ३१ हजार ५३८ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ३ हजार ७५१ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।








