हेटौंडा ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि होम आइसोलेसनमा बस्दै आएका मुख्यमन्त्री पौडेललाई बिहीवार कोरोना पुष्टि भएको हो । मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहाकार प्रकाश दाहालले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । सल्लाहकार दाहालका अनुसार मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि बिहीवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।








