• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

मोरङको टाँडीको क्वारेन्टाइनमा हप्तामा ४ पटक फलफूल

  •   बुधबार, चैत १९, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मोरङ : ‘अहिले फलफूल खाने समय भएको छ । तपाईहरु फलफूल लिन तोकिएको क्याम्पमा आउनुहोला । फलफूल लिन आउँदा लाइनमा बसेर सामाजिक दूरी कायम गर्न अनुरोध छ ।’मंगलबार दिउँसो करिब १ बजे नेपाली सेनाका एक सिपाहीले माइकिङ गरेलगत्तै क्याम्पबाट मानिसहरु फलफूल राखिएको ठाउँमा लामबद्ध भए । उनीहरु कम्तीमा ३ मिटर दूरी कायम गरी लामबद्ध भएर पालै पालो फलफूल लिए र पुनः क्याम्पतिर फर्किए ।मोरङको टाँडीस्थित नेपाली सेनाको सूर्यदल गण परिसरमा रहेको क्वारेन्टाइनस्थलको दृश्य हो ।

    कोरोना भाइरसको संक्रमण फैलिएको देशबाट हालै नेपाल आएकालाई यस क्याम्पमा राखिएको छ । जसमा वैदेशिक रोजगारीबाट फर्किएका र भारतबाट पूर्वका काकडभिट्टा र रानी नाकाबाट नेपाल प्रवेश गरेकाहरु छन् ।क्वारेन्टाइनस्थलमा १० चैतबाट मानिस राख्न थालिएको हो । अहिलेसम्म ६ जना भारतीयसहित १०७ जना बसेका छन् ।
    जसमध्ये तीन जना बिरामी भएपछि अस्पताल पठाइएको छ भने तीन जनालाई सम्बन्धित स्थानीय तहका प्रतिनिधिले होम क्वारेन्टाइन राख्ने भनी लगेका छन् ।

    क्वारेन्टाइनस्थलको व्यवस्थापन संयोजक सूर्यदल गणका सेनानी प्रवेश दाहालका अनुसार दुबई, कतार र मलेसियाबाट फर्किएका १५ जना छन् । वैदेशिक रोजगारबाट फर्किएका पाँचथरका एक युवकको श्रीमती र दुई छोराछोरी पनि क्वारेन्टाइनमा छन् ।

    क्वारेन्टाइनस्थलमा रहेकामध्ये सबैभन्दा धेरै प्रदेश १ को मोरङ जिल्लाका रहेको सेनानी दाहालले बताए । जसमा मोरङ जिल्लाका २४, खोटाङका १८, तेह्रथुमका १२, सुनसरीका ६ जना रहेका छन् । त्यसैगरी पाँचथरका ६, झापाका २, उदयपुरका र ताप्लेजुङका एक/एक जना रहेका छन् ।प्रदेशबाहिर कैलालीका ८, सुर्खेतका ७, जाजरकोटका एक जना रहेका छन् । मंगलबार साँझ रानी नाकाबाट उद्धार गरिएका थप १५ जना पनि क्वारेन्टाइनमा रहेका छन् । उनीहरु पूर्वका नाका हुँदै नेपाल प्रवेश गरेकाले यहाँको क्वारेन्टाइनमा राखिएको हो ।

    नेपाली सेनाको व्यवस्थापनमा रहेको यस क्वारेन्टाइनमा सरकारले तोकेको मापदण्ड पूर्ण रुपमा पालना गरिएको छ ।‘सरकारले तयार परेको मापदण्डलाई हामीले यहाँ पूर्ण पालना गरेका छौं’, सेनानी दाहालले भने ‘क्वारेन्टाइन स्थलमा रहनुभएका मानिसहरुको स्वास्थ्य, सुरक्षा, खानपानलगायतका आधारभूत आवश्यतालाई पूरा गरेका छौं ।’

    क्वारेन्टाइनमा रहेका व्यक्तिलाई कसैले भेट्नुपरेमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएर मात्र भेट्न पाउने छन् ।क्वारेन्टाइनमा विहान साढे ७ देखि ८ बजेसम्म चिया र खाजा, दिउँसो साढे ११ बजेदेखि १२ बजेसम्म खाना, दिउँसो साढे २ देखि ३ बजेसम्म खाजा र बेलुका ७ बजे खाना खाने समय तोकिएको छ । हप्ताको चार पटक फलफूलको व्यवस्था गरिएको छ ।

    खाना र खाजा लिन आउनेले कम्तीमा ३ फिटको दूरी कायम गर्नुपर्नेछ । यहाँ रेडियो सुन्न र इन्टरनेट चलाउन पाइने व्यवस्था पनि छ । क्वारेन्टाइन स्थलमा १५ वटा शौचालय र त्यति नै संख्यामा नुहाउने कोठा तयार पारिएको छ ।यहाँ बस्नेहरुले छुट्टाछुट्टै रुपमा प्रयोग गर्ने गरी कपडा धुने साबुन, नुहाउने साबुन, मञ्जन र ब्रस दिइएको छ । यहाँ रहेका सय वटा त्रिपालभित्र २ सय जना क्वारेन्टाइनमा बस्न सक्छन् ।क्वारेन्टाइनमा अनुशासन पालनामा कडाइ गरिएको सेनानी दाहालले बताए । ‘क्वारेन्टाइनभित्र निकै अनुशासित हुनुपर्छ’ उनले भने, ‘खाना खाँदा, बस्दा र हिँड्दा सामाजिक दूरी कायम गर्ने कुरालाई समेत हेक्का राख्नुपर्छ ।’

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.