• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चट्टान आरोहणको केन्द्र बन्दै चुनपहरा

  •   आइतबार, असार १०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरा चट्टान आरोहणको केन्द्रका रुपमा विकास हुँदै गएको छ । यहाँ पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट तालिम लिइरहेका प्रशिक्षार्थीलाई चट्टान आरोहण गराउने गरिन्छ । प्रमाणित पर्वतीय पथप्रदर्शक उत्पादनका लागि यहाँ राष्ट्रियस्तरको ‘सर्टिफाइड कम्पोनेन्ट–२’ अन्तर्गतको तालिममा सहभागीलाई प्रशिक्षण दिइरहेको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चरणबद्ध रुपमा दिइने तालिममध्ये चट्टान आरोहणको पथप्रदर्शक (गाइड) बन्न उक्त तालिम प्रमाणित गरिएको छ । शेर्पाले भन्नुभयो, “शरीरको सहनशीलतालाई विकास गर्न यहाँको हावापानी उपयुक्त रहेकाले प्रशिक्षण गराउन ल्याउने गरेका छौँ । यसपछि ‘आइस क्लाइम्बिङ’ गराएर मात्रै तालिम प्राप्त पथप्रर्दशक बनेको भनेर प्रमाणपत्र दिने गरिन्छ ।” पन्ध्र प्रशिक्षार्थीलाई चट्टान आरोहण तालिम दिइरहेको उहाँले जानकारी दिनुभयो । गाइडले मौसमको आभास गर्नुपर्ने भएकाले सिद्धगुफाको चट्टान उपयुक्त रहेको प्रशिक्षक शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “दक्ष गाइड उत्पादनका लागि उनीहरुले मौसमको अनुभव गर्नुपर्ने हुन्छ ।

    कहिले चिसो त कहिले तातो मौसमको सामना गर्न सक्ने गरी तालिम प्रदान गर्दा यहाँको मौसमका साथै ठाउँ पनि उपयुक्त छ । यसले गर्दा प्रशिक्षणका लागि यहाँ ल्याउने गरेका छौँ ।” विदेशबाट नेपालका हिमाल आरोहणका लागि आउने गरेका पर्यठकका लागि सहज रुपमा सुरक्षित पथप्रर्दशन गर्न सक्ने गरी कम्पनीले गाइड उत्पादन गरिरहेको शेर्पाले बताउनुभयो । उहाँका अनुसार माउन्टेन गाइडका लागि चट्टान आरोहण प्रशिक्षणका साथै आइस क्लाइम्बिङ (पहिलो चरण)को तालिम प्रदान गरिसकिएको छ ।

    चट्टान, ग्लेसियर, पिक क्लाइम्बिङ गर्न दक्ष भएपछि मात्रै पूर्ण रुपमा २० दिनको प्रयोगात्मक परिक्षण सकिएपछि दक्ष गाइडको प्रमाणपत्र प्रदान गरिने जनाउँदै प्रमाणपत्र प्राप्त गरेकाले गाइडका रुपमा काम गर्न सक्ने शेर्पाको भनाइ छ । मौसम, जोखिम अनुसारको सुरक्षित गाइड गर्न सक्ने गरी पर्वतीय गाइड उत्पादन हुने गर्दछ । काभ्रेपलाञ्चोककी लक्ष्मी तामाङ ‘कम्पोनेन्ट–२’ अन्तरगत ‘एस्पेरेन्ट गाइड’को तालिम लिइरहेको बताउनुभयो । देशैभरमा दक्ष तथा अनुभवी महिला गाइड सङ्ख्यात्मक रुपमा कम रहेकाले आफूले उक्त तालिम लिएको उहाँको भनाइ छ ।

    तामाङले भन्नुभयो, “यहाँको चट्टान आरोहण गर्दा अझै सहज हुने अपेक्षा गरेको छु । तालिमका लागि यहाँको चट्टान आरोहण उपयुक्त र सजिलो छ । साहसिक काम गर्दा अन्य महिलालाई पनि प्रोत्साहन गर्न सकिने अपेक्षा छ ।” पृथ्वी राजमार्गसँगै जोडिएको यो ठाउँमा विदेशी तथा स्वादेशी साहसिक खेलाडी समयसमयमा चट्टान आरोहणका लागि आउने गरेका छन् । हालसम्म कम्पनीले करिब एक सय भन्दबढी दक्ष तथा अनुभवी गाइड उत्पादन गरिसकेको जनाएको छ ।

    साहसिक खेलको प्रशिक्षणको केन्द्र बन्दै गएको विमलनगर चुनपहरा रक क्लाइम्बिङका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले बताउनुभयो । साहसिक खेलका रुपमा रहेको रक क्लाइम्बिङको विकास गर्दै आयआर्जनसँग जोड्न लागिपरेको उहाँको भनाइ छ । विसं २०६४ मा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक र स्थानीयवासी मिलेर सो क्षेत्रको सुरुआती अन्वेषण गरेपछि क्रमबद्ध रुपमा यहाँ सम्बन्धित सङ्घसंस्था तथा निकायले चट्टान आरोहणको गतिविधि बढ्उँदै गएका संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    उहाँका अनुसार पथप्रदर्शक मात्रै नभएर हिमाल आरोहणका लागि पनि पहिलो खुड्किलाका रुपमा प्रशिक्षण लिन यहाँ आउने गर्दछन् । “केही दिनको चट्टान आरोहणपश्चात् हिमाल आरोहणमा जाने गरेका छन् । यहाँ चट्टान आरोहणको गतिविधि बिस्तारै बाक्लो बन्दै गएको छ । यसले यहाँको साहसिक पर्यटनको प्रवर्द्धनमा समेत टेवा पुगेको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । यसको प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आयआर्जनसँग जोड्न तीनै तहका सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    यी स्थानमा आज भारी वर्षाको सम्भावना
    मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.