एजेन्सी । बलिउड सुन्दरी गायिका नेहा कक्कर र गायक रोहन प्रित सिंह आज विवाह गर्दैछन् । भारतीय सञ्चार माध्ययमका अनुसार बिहिबार भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहाको परिवार मुम्बईबाट दिल्ली पुगिसकेका छन् । नेहा र रोहनले केही साता अगाडि मात्र आफूहरुको सम्बन्धको खुलासा गर्दै बिहे गर्ने बताएका थिए । कोरोना महामारीका कारण निकै कम आफन्त र शुभचिन्तकका बिचमा नेहाले विबाह गर्न लागेको बुझिएको छ । नेहाले पञ्जावी परम्परा अनुसार विवाह गर्न लागेको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।








