• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

दूध बिक्री गरेर मासिक एक लाख कमाइ

  •   बिहिबार, असार २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । बसाइँसराइले रित्तिँदै गएको छिस्तिको फुर्केसल्ला गाउँमा आँगनभरि मौरीका घार, गोठभरि भैँसी र पाडापाडीपालन गरेर बस्नुभएको छ रघुनाथ पौडेलको परिवार । जैमिनी नगरपालिका–८ फुर्केसल्ला पुग्दा ६१ वर्षीय रघुनाथ पौडेल र उहाँका ३२ वर्षीय छोरा राजन गाईभैँसीको स्याहारसुसारमा व्यस्त हुनुहुन्थ्यो । बाउछोरा मिलेर उहाँहरुले चार वर्षयता दूध र मह उत्पादन गर्दै आउनुभएको छ । उहाँहरु गाउँकै उदाहरणीय परिवारका रुपमा चिनिनुभएको छ ।

    गाउँमा बाँदर आतङ्क भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थाल्यो । परम्परागत कृषि कर्म गर्दै आउनुभएका रघुनाथले छोराकै सहायतामा कृषि र पशुपालनलाई अहिले व्यावसायिक बनाउनुभएको छ । “चार वर्ष अगाडिसम्म छोरा चितवनमा माछापालन गरेर बस्थ्यो, घरमा दुई चार वटा मौरीका घार र एउटा लैनो भैँसी थियो । कोभिड–१९ पछि छोरा घर फर्कियो र व्यावसायिक पशुपालनमा लाग्यौँ”, रघुनाथले भन्नुभयो, “अहिले बाउछोरा मिलेर छ वटा मुर्रा क्रस जातका भैँसी र तीन वटा गाईपालन गरेका छौँ, २६ वटा मौरीका घार छन् ।

    मौरीका घार वृद्धि गरेर ५० पु¥याउने तयारीमा छौँ ।” अन्न कुटानी पिसनीका लागि घरमै मिल राख्नुभएको छ । चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आउनुभएका राजनलाई गाउँका अन्य युवा झैँ विदेश जान मन लागेन । बुवाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने काममा लाग्नुभयो । अहिले उहाँहरुले दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउनुहुन्छ । उहाँहरुले छिस्ती पाडापाडी तथा भैँसीपालन फार्म सञ्चालन गर्नुभएको छ । फार्ममा अहिले छ वटा पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्कंदै छन् ।

    “कोरोना अगाडि म चितवनमै माछापालन गरेर बस्थेँ, अरुको जग्गा भाडामा लिएर काम गरेको थिएँ । कोभिडका बेला घाटा लाग्यो त्यसपछि घरमै आएर बुबाले गरिरहनुभएको कामलाई व्यावसायिकता दिएको हुँ”, छोरा राजनले भन्नुभयो । फार्ममा एउटा स्थानीय जातको भैँसीसमेत छ । सुक्खा मौसममा ४० लिटर दूध घाँस प्रशस्त भएका बेला ५० लिटरभन्दा बढी दूध बजार लैजाने गरेको उहाँले बताउनुभयो । बागलुङ बजारको भैरव डेरीले प्रतिलिटर रु ९५ मा दूध लिने गरेको पौडेल बताउनुहुन्छ ।

    अहिले हुर्कंदै गरेको पाडापाडी बढेपछि दूध उत्पादन एक सय लिटर पुग्ने उहाँले बताउनुभयो । उहाँले उन्नत जातको भैँसी र गाईबाट जन्मेका पाडापाडी संरक्षण गर्नसके महँगो मूल्य हालेर भैँसी र गाई खरिद गर्न नपर्ने बताउनुभयो । बाँदरको आतङ्क बढेपछि उहाँहरुले गाउँको १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गर्नुभएको छ । घाँसमा आधारित पशुपालन भएकाले मुनाफा बढी हुने बताउँदै मासिक रु एक लाख देखि एक लाख ५० हजारसम्म आम्दानी दूध बिक्रीबाटै हुने उहाँहरुको भनाइ छ । पौडेलको घरमा २६ घार मौरीले व्यावसायिक उत्पादन दिइरहेको छ । वर्षमा एकदेखि डेढ क्विन्टल मह उत्पादन गरी बिक्री गर्दा वार्षिक दुई लाखभन्दा बढी आम्दानी महबाटै हुने गरेको छ ।

    अर्गानिक मह भएका कारण घरैबाट एक हजार पाँच सय प्रतिकिलो बिक्री हुने गरेको रघुनाथ पौडेलले बताउनुभयो । “विदेश गए पनि दुखै हो, बाँझो जग्गामा घाँसखेती गरेका छौँ, त्यही घाँसले गाईभैँसीपालन हुन्छ । मौरीलाई हेरचाह मात्रै गरे पुग्यो”, उहाँले भन्नुभयो । कृषि ज्ञानकेन्द्र बागलुङले मौरीका घार थप्न रु ५० हजार अनुदान दिएको छ । उहाँहरुले दुई वटा प्लाष्टिक टनेलमा टमाटर र काउलीखेती गर्नुभएको छ । बाउछोराको काममा सिङ्गो परिवारका सदस्यले दिएको छ ।

    कक्षा १२ सम्म अध्ययन गरेका राजन पौडेल सकेसम्म विदेश नजाने र यही कृषि कर्मलाई वृद्धि गर्दै जाने बताउनुहुन्छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गोठ सुधारका लागि एक लाख २० हजार र पाडापाडी संरक्षण गर्न रु ४० हजार प्रदान गरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । १० रोपनी घाँसखेतीका लागि प्रतिरोपनी तीन हजारका दरले ३० हजार अनुदान दिइएको सापकोटाले जानकारी दिनुभयो ।

    “पशु विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा उत्पादनका आधारमा मासु, दूधदेखि घाँससम्ममा अनुदान दिएको छ, व्यावसायिक रुपमा पशुपालनमा लागेको किसानलाई घाँस उत्पादन, पाडापाडी संरक्षण गर्न सहयोग गरेका छौँ”, डा सापकोटाले भन्नुभयो, “अनुदानले पूर्वाधार मात्रै बनाउँदा परिणाम देखिएन, अहिले उत्पादनका आधारमा अनुदान दिँदा असली किसान उत्साहित भएका छन् ।” जैमिनी नगरपालिकाले गाईभैँसीको पिसाव सङ्कलन गर्न रु २५ हजार सहयोग गरेको छ । दुई वटा प्लाष्टिक टनेल बनाउन रु ५० हजार नगरपालिकाले दिएको रघुनाथ पौडेलले बताउनुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.