चितवन । नेपालको पहिलो केवलकार मनकामना केवलकार असार ३१ गतेदेखि बन्द हुने भएको छ । मर्मत सम्भारका लागि भन्दै मनकामना केबलकार प्रशासनले करिब ५० दिनका लागि केवलकार बन्द गर्न लागेको हो ।
केबुलकार बन्द भए पनि ग्रामिण सडकको प्रयोग गरेर मनकामना दर्शन गर्न जान सकिने मनकामना केवलकार प्रशासनले जनाएको छ । मन्दिरमा भक्तजनहरुलाइ जान आउन कुनै अवरोध छैन तर केवलकार चढेर भने जान पाइएन,हिडेर वा अन्य कुनै वैकल्पिक माध्यामबाट भने मन्दिर गएर मनकामना माताको दर्शन गर्न भने सकिने छ ।
केवलकारको पुरानो प्रविधिलाई विस्थापित गरि नयाँ अत्याधुनिक डिजिटल प्रविधि जडान गरिन लागेको हुँदा ५० दिन बन्द गर्न लागेको प्रशासनको भनाइ छ । लठ्ठा र डिब्बालाइ परिवर्तन गरि उच्च प्रविधि जडान गर्नका लागि अष्टृया देशबाट ७ जनाको प्रविधिक टोलि कुरिनटार स्थित मनकामना केवलकारको स्टेसनमा आइपुगेका छन् ।








