कालिका । नेपाल रेडक्रस सोसाइटी, जुटपानी उपशाखा को आयोजनमा खोलिसिमल बजार जुट्पानी उप शाखाको परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख बिनोद रेग्मि रहनुभएको थियो भने सभापतित्व राजन रेग्मीले गर्नूभएको थियो ।
गर्मी याममा हुने रक्तअभावलाई केही मुख्य मध्यानजर गर्दै रगतलाई केही हद सम्म मदत पुग्ने र रगत अभाबकै कारणले कसैले पनि अकाल मा ज्यान गुमाउन नपरोस भन्ने उदेश्य ले रक्तदान कार्यक्रम आयोजन गरिएको कार्यक्रमका सयोजक बुद्दी अधिकारीले बताउनुभयो ।
कार्यक्रमा जम्मा ७१ जनाले रक्तदन गर्नु भएको थियो जस मध्य महिला २३ र पुरुष ४८ जनाले रक्तदन गर्नु भएको थियो ।
विशिष्ट अतिथिमा कालिका ६ का वडा अध्यक्ष टिकाराम रेग्मीको साथै निवर्तवान सभापती लीला बहादुर गुरुङ एबम रक्तदाताहरुको निकै बाक्लो सहभागिता रहेको थियो ।








