• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रत्ननगर नगरपालिका चितवनमै पहिलो पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

  •   सोमबार, असार ३२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । चितवनको रत्ननगर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि र सरकारले तोकेका सबै मापदण्ड पूरा गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

    रत्ननगरका १६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडास्तरीय स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्यकेन्द्र प्रमुख, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुकोे उपस्थितिमा पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । सो अवसरमा सबै सरोकावालाहरुले आगामी दिनमा नगरपालिकालाई पूर्ण खोपको अवस्थालाई कायम राख्न प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

    राष्ट्रिय खोप तालिकाअनुसार नगरका १६ वटै वडाका १६ महिनादेखि २३ महिनासम्मका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले बताए ।  पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा कार्यवाहक नगरप्रमुख यादवप्रसाद पाठकले पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गर्न योगदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै सुनिश्चितता कायम राख्न कुनै पनि बालकालिका खोपबाट वञ्चित हुन नहुने बताए ।

    कार्यक्रमका प्रमुखअतिथि जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीले राष्ट्रिय खोप तालिकाअनुसार १३ प्रकारका खोपको पूर्ण सुनिश्चितता भएकाले रत्ननगरलाई चितवनमा पहिलो पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गर्न अनुमति प्रदान गरिएको बताए । सरकारले विसं २०६९ सालदेखि पूर्ण खोप अभियानका रुपमा सञ्चालन गर्दै आएको र नेपालमा ८० प्रतिशत बालबालिकाले खोप हासिल गरेको र चार प्रतिशत बालबालिका अझै पनि खोपबाट वञ्चित रहेको जानकारी दिए ।

    कार्यक्रममा वडाध्यक्षहरुको तर्फबाट वडा नं ५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंले रत्ननगरको स्वास्थ्यसेवा अझै परिष्कृत हुनेमा विश्वस्त रहेको बताए । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले गरेका थिए । सो अवसरमा १६ वटै वडाका वडास्तरीय खोप समन्वय समितिलाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरिएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.