• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

स्वास्थ्यमन्त्री पौडेलको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा सुधार हुने तनहुँवासीको अपेक्षा 

  •   बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ  । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी निवासी प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएसँगै गृह जिल्ला तनहुँवासीले स्वास्थ्य क्षेत्रमा सुधार हुने अपेक्षा राखेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का शङ्कर पन्तले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा रहेका समस्या समाधान गरी स्वास्थ्य क्षेत्रको सुधार तथा गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि मन्त्री पौडेलले नेतृत्व प्रदान गर्ने अपेक्षा राखेको बताउनुभयो ।

    “गरिबीको रेखामुनी रहेका जनताको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच हुने गरी कार्यसम्पादन गर्नेमा हामी विश्वस्त छौँ । उहाँले गर्ने कामसँग गृह जिल्लाको प्रतिष्ठा जोडिएकाले राम्रो काम गर्न नागरिक तहबाट झक्झक्याइ रहने छौँ”, उहाँले भन्नुभयो । पन्तले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सङ्घीय सरकारको मातहत रहेको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रजस्ता अस्पताल व्यवस्थित गर्न मन्त्री पौडलेबाट महत्वपूर्ण भूमिका अपेक्षा गरिएको सुनाउनुभयो ।

    तनहुँको भिमाद नगरपालिका–५ निवासी मिलन आले स्वास्थ्य क्षेत्रको जटिलता र बेथिति हटाउँदै नागरिकको हितमा काम गर्न उहाँको ध्यान केन्द्रित हुनुुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अवसर सधैँ आउँदैन, उहाँले देशको स्वास्थ्य क्षेत्र सुधार्ने जिम्मेवारी पाउनुभएको छ, यो हामी जिल्लावासीका लागि खुसीको कुरो हो ।

    अब उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि उत्कृष्ट काम गर्नुहुनेछ भन्ने आशा गरेका छौँ ।” म्याग्दे गाउँपालिका–४ मनहरीका गौरवराज रानाले जन्मथलोको उत्तरदायित्व, निर्वाचन क्षेत्रको कर्तव्यलाई सधैँ उच्च स्थानमा राखेर संवेदशील जिम्मेवारी कुशलतापूर्व बहन गर्न आग्रह गर्नुभयो । उहाँले गृह जिल्लाका अस्पतालको स्तरोन्नति गरी पछिसम्म पनि नागरिकले सम्झिने गरी काम गर्न मन्त्री पौडेललाई सुझाव दिनुभयो । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीका कृष्णप्रसाद रेग्मीले प्राप्त अवसरको सदुपयोग गर्न र कार्यकाल सफल बनाउन स्वास्थ्यमन्त्री पौडेल खरो रूपमा उत्रिनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले उहाँलाई नजिकबाट चिनेका छौँ, अनवरत सङ्घर्ष, सङ्गठनप्रतिको लगाव र जुझारुपन उहाँ विशेषता हुन् । अब त्यही लगाब, ऊर्जा र जुझारुपन देशको स्वास्थ्य क्षेत्रमा सुधारमा प्रयोग गर्नुपर्छ ।” स्वास्थ्य मन्त्री पौडेलको जन्म विसं २०३१ चैत १४ गते बुवा डिल्लीरमण पौडेल र आमा दुर्गादेवीको कोखबाट भएको थियो । नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुँदै विसं २०४६ सालको जनआन्दोलनमा सक्रिय उहाँ विसं २०५३ मा अमृत साइन्स क्याम्पसको स्ववियु सभापतिसमेत निर्वाचित हुनुभएको थियो ।

    लामो समय शैक्षिक परिवर्तनको पक्षमा रही विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै उहाँ विसं २०६४ मा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सभापति हुनुभयो । समाजशास्त्रमा स्नातकोत्तर पौडेल हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । उहाँ २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएको हो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.