काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५९ पुरुष र २११ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । पछिल्लो २४ घण्टामा ३१६८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख १८ हजार ८ सय ४३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर ४० हजार ६८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।








