• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा

  •   सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका कालजयी विचारको अध्ययन–अनुसन्धान गर्ने सोचका साथ निर्माण गरिएको पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा परेको छ । नेपाली कम्युनिष्ट आन्दोलनको जग बसाल्दै पुष्पलालले अघि सार्नुभएका दर्शन र सिद्धान्तलाई जीवन्त राखी भावी पुस्तालाई हस्तान्तरण गर्ने मुख्य लक्ष्यका साथ निर्माण गरिएको भवन पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ओझेलमा परेको हो ।

    पोखरा महानगरपालिका–२१ फेदीपाटनस्थित पोटेरामा पाँच वर्षअघि निर्माण सम्पन्न सुविधासम्पन्न भवन अन्य अत्यावश्यक संरचनाको अभावमा सञ्चालनमा आउन नसकेको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी समिति सदस्य खगराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन जहानियाँ राणा शासनका विरुद्ध आवाज उठाउँदै नेपाली जनताको स्वतन्त्रताका पक्षमा कम्युनिष्ट विचारधारालाई अघि बढाएका पुष्पलालका विचारलाई जीवन्त राख्ने उद्देश्यका साथ स्थापना गरिएको हो ।

    अध्ययन केन्द्रले करिब रु १० लाख लागतमा खरिद गरिएको आठ आना जग्गामा सङ्घ र स्थानीय सरकारसहित विभिन्न सङ्घसंस्था एवं व्यक्तिको आर्थिक सहयोगसहित रु एक करोड ५० लाख लागतमा भवन निर्माण गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका अधिकारीले भन्नुभयो, “तीनतले पक्की भवनमा ई पुस्तकालय, तालिमकक्ष, पुष्पलालका सम्बन्धमा अध्ययन–अनुसन्धान तथा खोजी गर्ने संस्था तथा व्यक्तिका लागि आवश्यक नवीन प्रविधिसहितको वातावरण तयार गरिएको छ ।

    पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) पोखरा महानगरपालिकाद्वारा सोही भवनमा आयोजित प्रवचन गोष्ठीमा बोल्दै उहाँले यस क्षेत्रको करिब एक सय रोपनी सार्वजनिक जग्गाको संरक्षण गर्दै जननेता मदन भण्डारीलगायत नेताहरूको सालिक निर्माणसहित पुष्पलाल बाटिका विकास गर्ने अध्ययन केन्द्रको लक्ष्य रहेको बताउनुभयो । अध्ययन केन्द्रका लागि पहिलो आवश्यकता पोखरा–१७ र २१ जोडने फुस्रेखोलामाथि पक्की पुल भएको बताउँदै उहाँले डिपिआरअनुसार पुल निर्माण गर्न रु ४९ करोड लाग्ने जानकारी दिनुभयो ।

    पुल निर्माणसँगै अध्ययन केन्द्रसहित स्थानीय बासिन्दाका लागि यातायातको पहुँच सहज हुनेछ । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज कृष्ण थापाले नेपाल कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ साल वैशाख १० गते नेकपाको स्थापना गर्नुभएको बताउनुभयो । अर्का केन्द्रीय सदस्य एवं अध्ययन केन्द्रका महासचिव भीमबहादुर कार्कीले पुष्पलालले विश्व कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभएपछि नेपालमा कम्युनिष्ट आन्दोलनको बिजारोपण भएको स्पष्ट पार्नुभयो ।

    एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला कमिटीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायतले नेपाल कम्युनिष्ट पार्टी स्थापनामा पुष्पलालको योगदानका बारेमा चर्चा गर्नुभयो । अध्ययन केन्द्र भवनको अग्रभागमा पुष्पलाल र पोखरा–१६ बाटुलेचौर जन्मस्थान भएका उनका सहपाठी एवं अनुयायी कम्युनिष्ट नेता बलराम उपाध्याय तिमल्सिनाको अर्धकदको सालिकमा माल्यार्पण गरियो ।

    विसं १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा बाबु भक्तलाल र आमा तुलसीमाया श्रेष्ठका कोखबाट माइलो सन्तानका रुपमा जन्मनुभएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते आजैका दिन भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो । रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.