• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

क्यान्सरको उपचार सिकाउँदै चिनियाँ चिकित्सक

  •   मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चीन सरकारको सहयोगमा यहाँ निर्माण भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनकालदेखि चिनियाँ चिकित्सकले सेवा प्रवाह गर्दै आएका छन् । अस्पतालका पूर्वकार्यकारी निर्देशक डा देजकुमार गौतम सन् २००५ देखि चिनियाँ चिकित्सक टोली यहाँ आउन थालेको बताउनुहुन्छ । विगतमा प्रत्येक दुई–दुई वर्षमा १५ जनाको चिकित्सक टोली आउने गरेकामा पछिल्लो पाँच वर्षदेखि बर्सेनि नयाँ टोली आउने गरेको गौतमले राससलाई जानकारी दिनुभयो ।

    टोलीमा १५ जना फरक–फरक विधाका चिकित्सक, एकजना भान्से र एकजना भाषा मध्यस्थताकर्ता गरी १७ जनाको टोली आउने गर्दछ । उनीहरूले चिनियाँ परम्परागत उपचार पद्धतिबाट पनि यहाँ सेवा दिने गरेको डा गौतम बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चिनियाँ परम्परागत एक्युपञ्चर, एक्युप्रेसर, फिजियोथेरापीलगायत सेवा चिनियाँ चिकित्सकले दिने गर्नुभएको छ ।” क्यान्सर अस्पताल स्थापना हुँदा नेपालमा क्यान्सर रोग विशेषज्ञ नभएको अवस्थामा चिनियाँ चिकित्सक आएर यहाँका चिकित्सकलाई क्यान्सर रोगको उपचारबाट ज्ञान र सीप प्रदान गर्ने गरेको डा गौतमको भनाइ छ ।

    उहाँले भन्नुभयो, “यहाँ क्यान्सर रोगको विशेषज्ञ चिकित्सक थिएनन्, अन्य चिकित्सकलाई चिनियाँ क्यान्सर रोग विशेषज्ञले सिकाउनुपर्ने अवस्था थियो ।” अहिले दुवै देशका चिकित्सकले ज्ञान र सीप आदान प्रदान गर्ने अवस्था छ । पन्ध्रौँ टोलीमा पछिल्लो एक वर्षदेखि नाक, कान, घाँटी (इएनटी) विभागमा कार्यरत चिनियाँ डा हान साङ्जी नेपालमा ‘एड्भान्स स्टेज’मा आउने बिरामीको उपचारबारे आफूहरूले ज्ञान हासिल गरेको बताउनुहुन्छ । साङ्गजीले भन्नुभयो, “चीनमा क्यान्सरको पहिलो–दोस्रो चरणमा बिरामी अस्पताल आउँछन्, यहाँ तेस्रो–चौथो स्टेज पुगेपछि मात्रै धेरैजसो बिरामी अस्पताल आउने गरेको पाइयो ।”

    उहाँले भन्नुभयो, “थोरै साधन स्रोतमा जटिल प्रकृतिको उपचार कसरी गर्ने भन्नेबारेमा यहाँबाट सिक्ने अवसर पाइयो ।” नेपालमा विभिन्न अस्पतालमा चाहार्दै क्यान्सर अस्पतालमा बिरामी आइपुग्दा ढिला हुने गरेको उहाँको अनुभव छ । उहाँका अनुसार यहाँका क्यान्सरका बिरामी गाउँका स्वास्थ्यचौकी अन्य अस्पताल हुँदै क्यान्सर अस्पतालसम्म आउन धेरै ढिलो भइसक्छ । नेपालमा धेरै सम्मान पाएको बताउँदै बी चुइनले नेपाल आउँदा सुरुका दिनमा केही कठिन भए पनि विस्तारै सहज भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यहाँका डाक्टर, कर्मचारी सहयोगी छन् ।” पन्ध्रौँ टोलीका अर्थाेपेडिक सर्जन डा बी चुइन चाङ नेपाली चिकित्सकसँग छलफल गरेर उपचार गर्ने गरेको बताउनुहुन्छ । नेपालका अन्य अस्पतालमा आधा उपचार गरेर क्यान्सरका बिरामी पठाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सरका बिरामी अन्य अस्पताल पुग्छन्, त्यहाँ आधा उपचार हुन्छ, बल्ल क्यान्सर अस्पताल आउँछन् ।” नेपालका अन्य चिकित्सकलाई पनि क्यान्सर रोगबारे सिकाउनुपर्ने उहाँको सुझाव छ ।

    नेपालमा अझै पनि प्रविधि र सीपको अभाव रहेको डा चुइनको अनुभव छ । नेपालमा ‘इम्प्लान्ट र थ्रिडी कम्प्युटराइज’ प्रविधि भित्र्याउन सके उपचारमा सहज हुने बताउनुभयो । उहाँले नेपालमा ‘बायो इन्जिनियरिङ’को पनि अभाव रहेको औँल्याउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.