• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

क्यान्सर अस्पताल भरतपुरको चरम लापरबाही, १० गुणा बढी केमो दिएपछि विरामीको मृत्यु

  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा विरामीको उपचारमा चरम लापरबाही भएको पाइएको छ । विरामीलाई आवश्यक भन्दा १० गुणा बढी केमो दिएपछि विरामीको मृत्यु भएको पुष्टि भएको छ । लामो समय गुपचुप राखिएको घटना अहिले बाहिर आएको हो ।

    लमजुङका एक बिरामीलाई ३.४ मिलिग्राम केमो दिनुपर्नेमा ३४ मिलिग्राम केमो दिएपछि बिरामीको मृत्यु भएको हो । लमजुङ दोर्दीका ५० वर्षिय भक्तराज गुरुङ्गको खुट्टाको छालाको क्यान्सरको उपचारका क्रममा आवश्यकभन्दा बढी केमो दिएपछि उनको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले ३.४ मिलिग्राम केमो दिनु पर्नेमा ३४ मिलिग्राम केमो दिएपछि बिरामीको मृत्यु भएको स्वीकार गरे । गएको असार १३ गते राती १०ः३८ बजे बिरामीको मृत्यु भएको हो ।

    त्यसअघि बिरामीलाई मेडिकल वार्डमा तीनपटकसम्म सोही डोजको केमो दिएपछि केमोको डोज धान्न नसकेर बिरामी सिकिस्त भएका थिए । खुट्टाको छालाको क्यान्सर मेलानोमा भए पछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिए पछि बायोप्सि गरेर क्यान्सर एकिन गरिएको थियो । सो पश्चात बिरामीलाई केमो दिईएको हो । बिरामीको उपचारमा लापरवाही भएको भन्दै उच्च दबाब पछि अस्पताल प्रशासनले दुई चिकित्सक सहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ ।

    सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ् र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ । अस्पतालका उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अंकोलोजी बिभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति बनाएको थियो । समितिले साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिए । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिईसकेको बताउँदै प्रतिवेदनका आधारमा कारवाही अगाडी बढाईएको बताए ।

    निलम्बनदेखि भिन्न कारवाहीको लागि सिफारिस भएर आएको बताउँदै उहाँले प्रतिवेदनका आधारमा अस्पताल प्रशासनले काम गरिरहेको बताए । अस्पतालमा पछिल्ला दिनहरुमा उपचारमा लापरवाही हुने गरेको गुनसो निकै आउने गरेको छ । क्यान्सर जस्तो संवेदनशील रोगको उपचारमा समेत गम्भीर प्रकृतिको लापरवाही हुनु आफैमा लज्जास्पद विषय हो । यस घटनामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासकलाई हदैसम्मको कारवाही हुनुपर्ने सर्वसाधारणको माग रहेको छ । कान्तिपुरहेल्थबाट

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.