• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सिमलताल घटनाः १७ दिनको उपचारपछि डिस्चार्ज भए पौडिएर बँचेका दास

  •   आइतबार, साउन १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा पहिरो सहित त्रिशुलीमा बस खस्दा पौडिएर बँचेका रौतहटका नन्दन दास १७ दिनको उपचारपछि आज डिस्चार्ज भएका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारपछि उहाँ डिस्चार्ज हुनु भएको हो । डिस्चार्ज हुनु अघि कुराकानी गर्दै दासले राम्रो उपचार पाएसँगै आफू पूर्ण रुपमा स्वस्थ बनेको बताउनुभयो । उहाँले हालसम्म आफूले एक रुपैयाँ पनि खर्च गर्न नपरेको भन्दै सम्पूर्ण उपचार अस्पतालले निःशुल्क गरिदिएको बताउनुभयो ।

    अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाका अनुसार दासको उपचारका लागि २ लाख २७ हजार ३४४ रुपैयाँ खर्च भएको छ । फार्मेसीको एक लाख १६ हजार १२४ रुपैयाँ र अस्पतालको एक लाख ११ हजार २२० रुपैयाँ खर्च भएको देवकोटाले बताउनुभयो । उहाँले दासको उपचारमा लागेको सम्पूर्ण उपचार खर्च निःशुल्क गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सिमलताल घटनाका दुई जना घाईतेको उपचार निःशुल्क गरेका छौं ।” यस अघि अर्काे घाईतेको पनि अस्पतालमा निःशुल्क उपचार गरिएको थियो ।

    दासको भने चिउडोमा गम्भीर चोटका कारण दुई वटा शल्यक्रिया गर्नु परेको थियो । अस्पतालमा निकै राम्रो उपचार पाएको भन्दै दासले खुशी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो “राम्रो उपचार पाएँ, उपचारका क्रममा कुनै समस्या भएन, अहिले एकदम ठीक छु ।” उहाँले आउँदा दिनमा यस्तो घटना कहिल्यै नहोस् भन्ने कामना समेत गर्नुभयो । उक्त घटनामा दुई वटा बसमा सवार ६५ जना मध्ये दास सहित तीन जना पौडिएर बाहिर निस्किएका थिए । हराएका दुईवटा बसहरु अझै फेला पर्न सकेका छैनन् । ६२ जना बेपत्ता भएका थिए ।

    हालसम्म २४ जनाको शव भेटिएकोमा १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाई सकिएको छ । अन्य ६ जनाको शब अझै पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन । नेपाल सरकारले बस र यात्रुका खोजीका लागि बोलाएको चार जना भारतीय गोताखोर सहितको टोली परिचालन गर्दा समेत बसको अवस्थाबारे जानकारी लिन नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादववले बताउनुभयो । साउन ५ गतेदेखि यहाँ आएर खोजी कार्यमा लागेको भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोलीले सात दिनसम्म नदीमा खोजी कार्य गरी आजबाट फर्किएको छ ।

    भारतीय गोताखोर सहितको टोलीले घटनास्थल सिमलतालदेखि गाईघाटसम्मको ३ दशमलब ५ किलोमिटर क्षेत्रफलमा बस हुन सक्ने अनुमान गरेको उहाँले बताउनुभयो । यादवले भन्नुभयो “बस नै हो भन्ने होईन । केही वस्तु छ भन्ने अनुमान उहाँहरुको छ । त्यही अनुसार खोजी कार्य जारी राख्छौ ।” भारतीय टोली फर्किए पनि नेपालको टोलीले खोजी जारी राख्ने उहाँले जानकारी दिनुभयो ।

    नदीको गहिराई, पानीको बहाब अनुसारको उपकरण अभावका कारण खोजीमा कठिन भएको उहाँले बताउनुभयो । गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका थिए । कान्तिपुर हेल्थबाट

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.