काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख २१ हजार ८ सय २४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ । आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्।








