• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दोस्रो एक्सपर्ट फुटसल फेस्टा सुरुः १६ टिम दोस्रो चरणमा प्रवेश

  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले २१औं वार्षिकोत्सवको अवसरमा आज (बिहीबार)देखि ‘दोस्रो संस्करणको विद्यालय÷कलेज एक्सपर्ट फुटसल फेस्टा–२०२४’ सुरु भएको छ । भरतपुरस्थित शरदपुर फुटसल एरिनामा सुरु भएको फुटसल प्रतियोगिताको भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालले म्याच बल रेफ्रीलाई हस्तान्तरण गरेर समुद्घाटन गरे । सो क्रममा बोल्दै वडाध्यक्ष खनालले स्कुल तथा कलेजका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर खेलकुदको कार्यक्रम राखिनु सह्रानिय रहेको बताए ।

    उनले आगामि दिनमा यस्तो कार्यक्रमहरु निरन्तरता दिन आवश्यक रहेको बताए । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि यसखालको कार्यक्रमलाई एक्सपर्टले अगाडि बढाएको बताए । उनले वार्षिकोत्सवको अवसरमा अन्य धेरै कार्यक्रमहरु गर्दै आएकोमा खेलकुदको कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताए । उनले वार्षिकोत्सवको अवसरमै विभिन्न विद्यालयहरुलाई खेलकुदका सामग्री समेत वितरण गर्ने गरिएको जानकारी दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारीलगायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने भरतपुर–१० का वडा सदस्य ऋषि थापा, चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकाल, एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेललगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोह चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबीच प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । पहिलो चरणबाट १६ वटा टिम दोस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो चरणमा प्रवेश गर्ने टिमहरुमा समूह ‘ए’बाट उषा कलेज, प्रेसिडेन्सी कलेज, ओम शान्ति एकेडेमी र क्वेष्ट मोडेल कलेज रत्ननगर रहेका छ ।

    समूह ‘बी’बाट एपेक्स एकेडेमी, गुरुकुल कलेज, ग्रीनल्याण्ड पब्लिक स्कुल र डन एकेडेमी रहेका छन् । समूह ‘सी’बाट नारायणी पब्लिक कलेज, पारिजात इङलिस स्कुल, ग्रामोदय स्कुल र वाल्मीकि शिक्षा सदन दोस्रो चरणमा प्रवेश गरेका छन् । समूह ‘डी’ बाट ब्लु बर्ड स्कुल, नेपाल नमुना मावि, जनज्योति मावि र नारायणी नमुना मावि रहेका छन् । प्रतियोगितामा कुल ३६ टिमले सभागिता जनाएका छन् । प्रतियोगिताको विजेता तथा उपविजेताहरुलाई एक्सपर्टको वार्षिकोत्सव समारोह साउन २४ गते (अगष्ट ८) का दिन पुरस्कार प्रदान गरिनेछ ।

    २१ वर्षअघि सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीबाट एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको जन्म भएको थियो । यसै अवसर एक्सपर्ट चितवनले विभिन्न कार्यक्रमहरु गरेर वार्षिकोत्सव मनाउने गरेको छ । यसवर्ष पनि थप कार्यक्रम समेटेर वार्षिकोत्सव विशेष कार्यक्रम आयाजना गर्न लागिएको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनले वार्षिकोत्सवको अवसरमा गतवर्षदेखि सुरु गरिएको फुटसललाई यसवर्ष पनि निरन्तरता दिइएको बताए ।

    यस्तै वार्षिकोत्सवको अवसरमा साउन २२ गते एक्सपर्ट बेस क्याम्पमा भरतपुरमा विद्यार्थी, कर्मचारी र सेवाग्राहीका लागि निःशुल्क आँखा शिविर, साउन २३ गते देवघाट समाज कल्याण वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन ग्रहण, साउन २४ गते वार्षिकोत्सवकै दिन हेटौंडामा रहेको एक सामुदायिक विद्यालयलाई खेलकुदका सामग्री वितरण, रत्ननगर एक्सपर्ट परिसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम र दिउँसो एक्सपर्ट बेस क्याम्प भरतपुरमा एक्सपर्ट पत्रकारिता पुरस्कारसहितका विशेष वार्षिकोत्सव कार्यक्रम रहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

    एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.