• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रादेशिक अस्पतालले सेवा विस्तार गरेपछि बिरामीको घुइँचो

  •   शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बागमती प्रदेशअन्तर्गतको बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गरेसँगै सेवाग्राहीको सङ्ख्या वृद्धि हुँदै गएको छ । अस्पतालले भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गरेर सेवा विस्तार गरेपछि बिरामी घुइँचो बढ्न थालेको हो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा अस्पतालबाट दुई लाख ५४ हजार आठ सय ३० जना बिरामीले सेवा लिएका छन् । आव २०७९/८० मा यो सङ्ख्या दुई लाख चार हजार पाँच सय छ र आव २०७८/७९ मा एक लाख ५२ हजार पाँच सय २७ बिरामीले सेवा लिएका थिए । वार्षिक ५० हजारको हाराहारीमा बिरामीको सङ्ख्या थपिँदै गएको उहाँले जानकारी दिनुभयो ।

    अस्पतालमा गत आवमा बहिरङ्ग विभागबाट दुई लाख ४६ हजार सात सय २३, आव २०७९÷८० मा दुई लाख तीन हजार एक सय १० आव २०७८÷७९ मा एक लाख ४२ हजार आठ सय आठ र आव २०७७÷७८ मा ८५ हजार पाँच सय ५२ जनाले सेवा लिएका ज्ञवालीले बताउनुभयो । अस्पतालमा आकस्मिक सेवा लिनको सङ्ख्या पनि बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

    मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञवालीका अनुसार गत आवमा १८ हजार एक सय सात जनाले आकस्मिक सेवा लिएका छन् । आव २०७९÷८० मा १३ हजार ९७, आव २०७८÷७९ मा नौ हजार सात सय १९ र आव २०७७/७८ मा पाँच हजार चार सय १४ ले आकस्मिक सेवा लिएका उहाँले जानकारी दिनुभयो ।

    प्रयोगशाला र रेडियोलोजी सेवा लिनेको सङ्ख्या पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा एक लाख पाँच हजार २१ जनाले प्रयोगशाला र रेडियोलोजी सेवा लिएका छन् । यो सेवा लिनेको सङ्ख्या आव २०७९/८० मा ९८ हजार चार सय २४, आव २०७८÷७९ मा ४४ हजार सात सय ८४ र २०७७/७८ मा ३३ हजार एक सय १२ थियो ।

    अस्पतालमा भर्ना भएर उपचार लिने बिरामीको सङ्ख्या गत आवमा तीन हजार नौ सय ८०, आव २०७९/८० मा तीन हजार आठ सय ५९ र आव २०७८/७९ मा दुई हजार तीन सय १४ थियो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञवालीले अहिले पनि पर्याप्त स्थान नभएकाले भर्ना गरेर बिरामीको उपचार सेवा दिन कठिन भइरहेको बताउनुभयो । पछिल्ला वर्षमा भर्ना भई उपचार गराउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको बताउँदै सेवालाई थप प्रभावकारी बनाउन सङ्घीय र प्रदेश सरकारले नीतिगत तहबाटै सुधारका योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    अस्पताललाई गत आर्थिक वर्षदेखि सरकारले एक सय शय्याको स्वीकृत प्रदान गरेको बताउँदै ज्ञवालीले अहिले ९० शय्या सञ्चालन भएरहेको जानकारी दिनुभयो । पाँच शय्याको सघन उपचार कक्ष र आठ शय्याको बालसघन उपचार कक्षका लागि छुट्याइएको उहाँले उल्लेख गर्नुभयो ।

    अस्पतालमा विशेषज्ञ चिकित्सक २५, दन्त चिकित्सक चार, मेडिकल अधिकृत १७ सहित दुई सय ४० जना जनशक्तिले सेवा दिइरहेका डा ज्ञवालीले जानकारी दिनुभयो । न्यून जनशक्तिले धेरै बिरामीलाई सेवा दिँदै आइएको बताउँदै पर्याप्त जग्गा नहुँदा भौतिक पूर्वाधारका काम गर्न कठिन भएको, मिर्गौलाको डायलासिस उपकरण अभावमा बिरामीले धेरै समय कुर्नु परिरहेकाले समस्या भइरहेको उहाँको भनाइ छ ।

    पछिल्ला दिनमा बिरामीको सङ्ख्या वृद्धि भएसँगै शय्या, शल्यक्रिया कक्ष, फार्मेसीको सुदृढीकरण गर्ने तयारी गरिरहेको डा ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार मातृ शिशु भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

    अस्पतालमा ८० प्रतिशत स्वास्थ्य बीमाका बिरामी आउने गर्दछन् । मुख्यगरी पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिकाका बिरामी आउने यस अस्पतालमा मकवानपुर, धादिङ, नवलपरासी र भरतपुरबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

    विशेषगरी छालासम्बन्धी समस्या भएका बिरामी बढी आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञवालीले जानकारी दिनुभयो । यहाँबाट मेडिसिन, सर्जिकल, छाला, बालबालिका, नाक–कान–घाँटी, मनोरोग, हार्डजोर्नी, प्रसूति तथा स्त्री, दन्त चिकित्सालगायत सेवा प्रदान हुँदै आएको छ ।

    क्यान्सर अस्पतालमा प्रयोगशालाको नतिजा स्वचालित मेसिनबाट

    बिरामी र बिरामीका आफन्तले अस्पतालको प्रयोगशालाको नतिजा लिन लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा स्वचालित मेसिनबाट प्रयोगशालाको नजिता (ल्याब रिपोर्ट) दिन थालेपछि बिरामी, कुरुवा तथा आफन्तलाई नतिजा लिन लामो लाईन बस्नु पर्ने बाध्यता हटेको हो ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा प्रयोगशाला रिपोर्ट दिने स्वचालित मेसिन जडान भएपछि लामो लाइनमा बसेर रिपोर्ट लिनुपर्ने बाध्यता हटेको बताउनुभयो । मेसिनमा रहेको ‘क्युआर स्क्यानर’मा सेवाग्राहीले आफ्नो बिलमा रहेको बारकोड देखाएपछि मेसिनबाट स्वचालित रूपमा सम्बन्धित व्यक्तिको रिपोर्ट प्रिन्ट भएर आउने उहाँले जानकारी दिनुभयो ।

    यसअघि अस्पतालमा बिहान रगत जाँच गर्न दिएपछि दिउँसो २ बजे पछि प्रयोगशालाको रिपोर्ट दिइँदै आइएको थियो । यसअघि रिर्पोट लिन लामो लाइन बस्नुपर्नेमा अहिले स्वचालित मेसिनबाट सहज सेवा प्रवाह भइरहेको सेवाग्राही बताउँछन् ।

    “अब बिलमा भएको बारकोड स्क्यान गरेपछि तयार भएको रिपोर्ट आफैँले प्रिन्ट निकालेर सहज रुपमा लिन सकिन्छ । प्रयोगशाको रिपोर्ट ढिलो आउने, लाइन बस्नुपर्ने बिरामीको गुनासो अन्त्य भएको छ”, कार्यकारी निर्देशक डा पौडेलले भन्नुभयो । दैनिक नौ सयको हाराहारी नयाँ बिरामीले सेवा लिने गरेको भन्दै उहाँले प्रयोगशालामा तीन सय ५० को हाराहारीमा रगत जाँच हुने गरेको जानकारी दिनुभयो ।

    यहाँ नेपालका सबै जिल्ला र भारतीय सीमा क्षेत्रबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन् । किमो र रेडिएसन दिनुपर्ने बिरामीले प्रत्येक पटक चिकित्सकलाई देखाउन आउँदा रगतको परीक्षण गर्नुपर्ने हुन्छ । प्रयोगशालामा अत्यधिक घुइँचो हुन थालेपछि अस्पतालले स्वचालित मेसिन जडान गरेको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.