• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पदमपुरमा रहेको दुई बेसहारा दिदीबहिनीलाई लायन्स क्लब अफ चितवन पर्साका साथ

  •   मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका  । लायन्स क्लब अफ चितवन पर्साका क्रियाशील सदस्य करिमा चौधरीको जन्मदिनको अवसरमा पदमपुर स्थित बेसहारा दिदीबहिनीलाई खाद्यन्न सामग्री सहयोग गरिएको छ। क्लबले एक विशेष कार्यक्रम आयोजना गरेर कालिका वडा नं. ५ का दुई दिदीबहिनीलाई खाद्यन्न सामग्री सहयोग गरेको हो। कार्यक्रममा बोल्दै 325 R, Nepal का डिस्ट्रीक चिफ लायन मधुर नेपालले मानविय सेवालाई प्राथमिकतामा राखेर आफूहरूले काम गर्दै आएको बताउनुभयो।

    उहाँले हाम्रो सानातिना सहयोगले दिदीबहिनीहरूको दैनिकी जीवनयापनमा अझै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डिस्ट्रीक चिफ लायन नेपालले दिदीबहिनीलाई बाँचुञ्जेलसम्म खानपिनदेखि औषधी उपचारमा पनि सहयोग गर्नुपर्ने दायित्व आउन सक्छ भन्नुभयो। यदि त्यस्तो अवस्था आए भने त्यसमा पनि आफूहरू जोडिने उहाँले स्पष्ट पार्नुभयो। कार्यक्रममा 325 R Nepal का कलस्टरचीफ लायन भीम नेपालले लायन्स क्लब अफ चितवन पर्साले गर्दै आएको कामको प्रशंसा गर्नुभयो। उहाँले प्रत्येक सदस्यको जन्मदिनको अवसरमा सामाजिक काम गर्नुलाई सकारात्मक विषयको रूपमा दर्शाउनुभयो।

    कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका नेपालले क्लबको राम्रो कामको स्वागत गर्दै आगामी दिनमा पनि यस्तै खालको सामाजिक कामको अपेक्षा राख्नुभयो। लायन देव फुयालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पूर्व अध्यक्ष धनवीर चौधरी लगायत, पत्रकार सन्तकुमार चौधरीले बोल्नुभएको थियो। लायन्स क्लब अफ चितवन पर्साका सह सचिव लायन नितीन बस्नेतले संचालन गर्नुभएको कार्यक्रममा क्लबका कोषाध्यक्ष एमजेएफ अमृत श्रेष्ठ, क्लबका सदस्य मिरा चौधरी, करिमा चौधरीको उपस्थिती थियो।

    क्लबका अध्यक्ष विपना ढकालको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो। सो क्रममा दिदीबहिनीलाई आवश्यक कपडादेखि नुन, तेल, चामल, विस्कुट, चिउरा, भुजा, दाल लगायतका खाद्यन्न सामग्री हस्तान्तरण गरिएको थियो। दिदीबहिनीलाई फलामको चुलो समेत सहयोग गरिएको छ। पुरानो पदमपुरमा गाईभैसीको गोठाला भएर आफ्नो पेट पाल्दै आएका दिदीबहिनीहरू पदमपुर बस्ती स्थानान्तरणसँगै गाउँघरमा गाईभैसी पाल्न छाडेपछि मागेर गुजारा चलाउँदै आएका थिए। बाटोमै खाना पकाएर खाने छरछिमेकको घरतिर बाहिर यतिकै सुत्नुपर्ने बाध्यता थियो।

    पछि यिनीहरूको बहिनीले आफ्नै जग्गामा त्रिपाल टाँगेर बस्न दिए। दिनभर मागेर बेलुकी त्रिपालमुनी रात विताउने गरेको खबर पत्रकार सन्तकुमार चौधरीले सार्वजनिक गरेपछि समाजसेवी मुरलीप्रसाद गजुरेलको नेतृत्वमा बहिनीले दिएको जग्गामा दिदीबहिनीका लागि सहयोग जुटाएर दुईकोठे जस्ताले छाएर पक्की घर बनाइएको छ। घर बनेसँगै दिदीबहिनी एकछाक खानका लागि गाउँमा माग्न जाननपर्ने गरी मुरलीप्रसाद गजुरेलले विभिन्न व्यक्तिहरूबाट आर्थिक स्रोत जुटाएर खाद्यन्नका सामग्री प्रदान गर्दै आउनुभएको छ।

    अहिले मुरलीप्रसाद गजुरेल केही समयका लागि नेपाल बाहिर जानुभएकोले यी दिदीबहिनीहरूको भान्सामा अन्नपात सकिएको समयमा लायन्स क्लब अफ चितवन पर्साले एक कार्यक्रम आयोजना गरेर आफ्नो क्रियाशील सदस्य करिमा चौधरीको जन्मदिनको अवसरमा खाद्यन्न सामग्री वितरण गरेको हो।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.