चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले २१औं वार्षिकोत्सवको अवसरमाआयोजनागरिएको वृहतखुल्ला रक्तदानकार्यक्रममा २२५ पिन्ट रगत संकलनगरिएको छ । एक्सपर्ट रत्ननगर कार्यालय परिसरबकुलहर चोकमाआज (बिहीबार) विहानगरिएको रक्तदानकार्यक्रममा २२५ पिन्ट रगत संकलनगरिएको एक्सपर्ट रत्ननगरकीशाखाप्रमुखमिनातिमिल्सिनाले जानकारी दिनुभयो । उहाँकाअनुसार महिला रक्तदाताहरुको समेत उल्लेखीय सहभागिता रहेको थियो ।
रक्तदानकार्यक्रमका संयोजक लक्ष्मण शर्माले सबैको साथसहयोगले २२५ पिन्ट रगत संकलन गर्न सफलभएको बताउनुभयो । उहाँले रक्तसंचार केन्द्र भरतपुर शाखालाई समन्वयकालागिधन्यवाद ज्ञापन गर्नुभयो । रक्तदानकार्यक्रमको रत्ननगर नगरपालिकाकानगर–प्रमुखप्रलाद सापकोटाले एक्सपर्ट चितवनकाप्रबन्धनिर्देशक डिल्लीरामअधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको सुरुवातगरिएको थियो । सो क्रममाबोल्दै नगर–प्रमुख सापकोटाले निजी क्षेत्रबाट रक्तदानकार्यक्रमलाई प्राथमिकताका साथबाट अगाडि बढाउनु सकरात्मकपक्षभएको बताउनुभयो ।
उहाँले समाजमा एक्सपर्टले निकै सकरात्मककामहरु गरेको आफू जानकार रहेको भन्दै विद्यालय जानबाट बञ्चितभएकाबालबालिकाहरुलाई विद्यालयसम्मजाने वातावरणमा पनि एक्सपर्टले साथदिनुपर्नेमा जोड दिनुभयो । एक्सपर्टले गतवर्ष पनि रत्ननगरमावार्षिकोत्सवको अवसर पारेर रक्तदानकार्यक्रम गरेको थियो । गतवर्ष निजी क्षेत्रबाट सर्वाधिक धेरै रगत संकलन गरेर एक्सपर्टले पुरस्कार समेत पाएको थियो । यसवर्ष भने गतवर्षको रेकर्ड नै तोडिएको छ ।
एक्सपर्ट रत्ननगरकीशाखाप्रमुखमिनातिमिल्सिनाले स्वागतमन्तव्यव्यक्त गर्नुभएको कार्यक्रमअध्यक्ष घनानाथ अर्यालको अध्यक्षतामा सम्पन्नभएको थियो । सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्मभएको हो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमामात्रएक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीनअफिस छन् ।
एक्सपर्टले मुख्यगरी उच्चशिक्षाअध्ययनकालागिविदेश जानचाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालनगर्दै आइरहेको छ ।









