• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा

  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ । नभन्दै परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने भएको छ । मध्यपहाडि लोकमार्गअन्तर्गत सुन्दरबजारको खत्रीठाँटीदेखि खत्रीठाँटी–कुन्छा सडकको परेवाडाँडा–हरिया खण्डबाट एक सय मिटरको दूरीमा रहेको मणिडाँडामा जोडी परेवाको प्रतीकसहित पार्क निर्माणको कार्य थालनी गरिएको छ ।

    सडकबाट जोडी परेवाको प्रतीकसहित भएको पार्कसम्म जान केही उकालो भए पनि बाटोमा सिँढी निर्माण गरी पैदल यात्रालाई सहज बनाइएको छ । पछिल्लो समय ग्रामीण पर्यटकको पर्याय बन्दै गरेको लमजुङमा अर्को पर्यटकीय गन्तव्यको निर्माणसँगै परेवाडाँडाको विकासमा थप टेवा पुग्ने अनुमान गरिएको छ । उपयोग नभएको मणिडाँडामा रहेको १४ रोपनी सार्वजनिक जमिनमा करिब २०० वर्ष पुनाको आँपको बगैँचा रहेको छ । सो बगैँचाकोसमेत संरक्षण गर्नेगरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले पार्क निर्माणको थालनी गरिएको सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठ बताउनुहुन्छ ।

    मणिडाँडालाई वनभोजस्थल र पार्कसहितको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ सो कार्य गरिएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँका अनुसार निर्माणाधीन पार्क परिसरमा जोडी परेवाको प्रतीक स्थापना, शहीदहरूको शालिक निर्माण, पर्यटकहरुका लागि पानी पर्दा ओत लाग्नका लागि टहरा निर्माण गरिएको छ भने मणिडाँडामा रहेको पार्क परिसरमा राष्ट्रिय झण्डा राख्नका लागि पनि छुट्टै संरचना तयार गरिएको छ । जोडी परेवाका प्रतीक निर्माणका लागि वडा कार्यालयले चालु आवमा सात लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही स्थानमा दुई लाख रु ५० हजार खर्च गरेर शहीद मोहनलाल श्रेष्ठको शालिकसमेत निर्माण भएको छ ।

    मणिको डाँडामा रहेको मणिको चौताराको मर्मत तथा स्तरोन्नति गर्ने र त्यहाँ नेपालको ठूलो राष्ट्रिय झण्डा राख्ने योजना समेत वडा कार्यालयको रहेको छ । यस स्थानमा रहेका पुराना आँपका रुखहरूको संरक्षण खाली स्थानमा वृक्षरोपण गर्नुका साथै वनभोजका लागि आवश्यकपर्ने भौतिक संरचना, शौचालय निर्माण, खानेपानीको व्यवस्था लगायतको संरचना निर्माण गर्ने कार्य छिट्टै थालनी गर्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । मणिडाँडा परापूर्वकालमा कुन्छामा पुरानो जिल्ला सदरमुकाम हुँदा सिपाहीहरूले परेड खेल्ने ऐतिहासिक ठाउँ समेत भएको र परेड खेल्ने डाँडा शब्द अपभ्रंश भई परेवाडाँडा नाम राखिएको भन्ने बुढापाकाको भनाइ रहेको स्थानीय सयपत्री बोर्डिङका प्रिन्सिपल ज्ञानेन्द्र शर्मा बताउनुहुन्छ ।

    यस पार्क परिसरबाट लमजुङको सुन्दरबजार, तनहुँको भानु नगरपालिका–११ को मानेचौका बजार, टुहुरेपसल, राइपाली भञ्ज्याङ, राइनास नगरपालिकाको धमिलि कुवा, राइनासकोट तथा गोरखाको पालुङटार र लिगलिगकोटकोसमेत दृश्यावलोकन गर्न सकिन्छ । वडाध्यक्ष श्रष्ठका अनुसार सो स्थानलाई प्रवद्र्धन गर्न विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने, यहाँको हटिया बजारमा कोदोबाट उत्पादन हुने रक्सीलाई प्रवद्र्धन गर्ने योजना रहेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.