• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जिज्ञानद्वारा लिखित ‘जापान सपना, सङ्घर्ष र सफलता’ लोकार्पित

  •   शनिबार, साउन २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  । जिज्ञानकुमार थापाको गैरआख्यान पुस्तक ‘जापान सपना, सङ्घर्ष र सफलता’को आज यहाँ आयाजित कार्यक्रममा लोकार्पण गरिएको छ । चक डस्टर प्रालिले प्रकाशन गरेको उक्त पुस्तक नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतले लोकार्पण गर्नुभयो । राजदूत युताकाले आफूले लेखक थापालाई लामो समयदेखि चिनेको र पुस्तक लोकार्पणमा आउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । “लेखक जिज्ञान कानागावामा रहेको कानागावा इन्टरनेशनल फाउण्डेसनमा काम गर्नुहुन्छ, म पनि त्यही क्षेत्रमा बस्छु, उहाँको पुस्तक लोकार्पण गर्न पाउँदा निकै खुसी लागेको छ । यो पुस्तक जापान जान र जापानबारे बुझ्न चाहनेका लागि उपयोगी हुनेमा विश्वस्त छु ।”

    उहाँले पछिल्लो समय जापानमा नेपाली विद्यार्थी र कामदारको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उनीहरूका लागि जापानमा बस्न र जापानी नागरिकबीच घुलमिल हुनका लागि यो पुस्तक सहयोगी हुने बताउनुभयो । “पछिल्लो समय त जापानमा नेपालीहरू बढ्दै गएका छन्, सिञ्जुकोलाई ‘लिटिल नेपाल’ भन्न थालिएको छ, नेपालबाट युवाशक्ति जापान जाँदा यसले हाम्रा मुलुकका लागि पनि फाइदा पुगेको छ ।” उहाँले अब जापानले पनि नेपालको संस्कृतिबारे पनि जान्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

    त्यस अवसरमा जापानका लागि नेपालका पूर्वराजदूत मदनकुमार भट्टराईले पुस्तक जापान जान चाहनेका लागि निकै उपयोगी हुने बताउनुभयो । “मेरो कूटनीतिक जीवनको ३७ वर्षमध्ये जापानमा रहँदा त्यहाँको रहनसहन र जनताको व्यवहारबाट निकै प्रभावित भएको थिएँ, जापानबारे बुझ्न यो पुस्तक थप सहयोगी हुने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । पुस्तकमाथि चर्चा गर्दै शैलेन्द्र अधिकारीले जापान जान चाहनेका लागि त्यहाँ गएर काम खोज्न, त्यहाँको संस्कार सिक्न, घुलमिल हुनका लागि पुस्तक सहयोगी बन्नसक्ने धारणा व्यक्त गर्नुभयो । लेखक थापाले सुरुमा पुस्तक निकाल्ने योजना नभए पनि धेरैको सल्लाह र सुझावपछि पुस्तकको आकार दिइएको बताउनुभयो ।

    “२५ वर्षअघि जापान जाँदा मलाई अग्रजहरुले मार्गनिर्देशन गर्नुभएको थियो, त्यहाँ घुलमिल हुन सहयोग गर्नुभएको थियो, तर आजका दिनमा जापान जानेले त्यसरी सिकाउने र मार्गनिर्देशन गर्ने पाउँदैनन्”, उहाँले भन्नुभयो, “यो पुस्तक जापान जानेहरुका लागि लक्ष्यित गरी प्रकाशित गरिएको हो ।” उहाँले पुस्तकमा १६ पुष्ठ आफ्नो बारेमा लेखे पनि बाँकी भागमा अरुका लागि लेखिएको बताउनुभयो । प्रकाशक चक डस्टरका प्रमुख हरि भट्टराईले सन् १९०२ मा अध्ययनका लागि जापान पुगेका नेपाली विद्यार्थीहरूले सन् १९०५ मा गोदाबरी फूल नेपाल ल्याएको इतिहास स्मरण गर्दै पछिल्लो समय जापान शिक्षा र रोजगारीका लागि नेपाली युवाको गन्तव्य बनेको बताउनुभयो ।

    उहाँले जापान जान चाहनेका लागि पुस्तक निकै उपयोगी सावित हुने दाबी गर्नुभयो । उक्त पुस्तक जापान पुगेका, जापान जान लागेका, जापान जाने सपना देखेका र जापानबारे जान्न चाहने सबैका लागि उपयोगी हुने बताइएको छ । पुस्तकमा जापानी रहनसहन, खानपान, भाषा, संस्कृतिदेखि नेपालीहरूले जापानमा अवलम्बन गर्नुपर्ने हरेक विषयलाई मिहिन ढङ्गले विश्लेषण गरिएको लेखक थापाले बताउनुभयो ।

    त्यस अवसरमा जापानका लागि नेपालका पूर्वराजदूत मदनकुमार भट्टराई, जापानिज युनिभर्सिटी अल्मुनाई एशोसिएसन नेपाल (जुवान)का अध्यक्ष सुनिलबाबु श्रेष्ठ, नेपाल जाइका अल्मुनाई एशोसिएसन (जान)का अध्यक्ष रामचन्द्र भुसाल, जापानी भाषा शिक्षक सङ्गठन नेपाल (जाल्टान)का अध्यक्ष राजेन्द्र केसीलगायतको उपस्थिति थियो । योकोहामा नेशनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय विकास सङ्काय (कानागावा प्रिफेक्चर) स्नातकोत्तर गरेक थापा हाल जापानमा जापानी भाषाको अनुवादक, कानागावा इन्टरनेशनल फाउण्डेसनको एकेडेमिक गभर्नरको सल्लाहकार, जापानको सरकारी माध्यमिक विद्यालय हिरानुमा हाइस्कुलको सञ्चालक समिति सदस्य, एभरेष्ट इन्टरनेशनल स्कुल, जापानको सल्लाहकार, गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति परिषद् सल्लाहकार हुनुहुन्छ ।

    लामो समय जापानलाई कर्मथलो बनाउनुभएका थापाले जापानका विभिन्न टेलिभिजन र पत्रपत्रिकामा समसामयिक विषय र नेपाल–जापान सम्बन्धका विविध आयामहरूमा विभिन्न दृष्टिकोण प्रस्तुत गर्दै लेखहरु लेख्दै आउनुभएको छ । एक सय ४४ पृष्ठ लामो पुस्तकमा १३ अध्याय छन् । पुस्तकको मूल्य रु पाँच सय राखिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.