काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ५१७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख २८ हजार ९५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणबाट थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । आज देशभर ३८ हजार ३५७ जना सक्रिय संक्रमित छन् । क्वारेन्टिनमा रहनेको संख्या २ हजार ६६६ रहेको छ ।








