• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

इजाजत बिना अस्पताल वा क्लिनिक सञ्चालन गरे कारबाही हुन्छ : उपप्रमुख अधिकारी 

  •   मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आर्थिक वर्ष २०८१/०८२ शुरु भएसँगै भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पताल वा क्लिनिकहरुमा पुन: अनुगमन शुरु गरेको छ । स्थानीय सरकार मातहत रहेका अस्पताल वा क्लिनिकहरुमा महानगरले पुन: अनुगमन शुरु गरेको हो । 

    मङ्गलबार नगर उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा गएको भरतपुर महानगरपालिकाको टोलीले अस्पताल व्यवस्थित गर्नका लागि अनुगमन शुरु गरेको जनाएको छ । 

    अनुगमनमा उपप्रमुख सहित जनस्वास्थ्य प्रबर्द्धन शाखाका अधिकृत केशव भट्ट र महानगरका अन्य अधिकृतहरुको सहभागिता रहेको थियोे । 

    अनुगमन टोलीले अस्पतालको भौतिक सरचना, शैय्या, औषधि कक्ष, उपकरणहरुको अवस्था, लिफ्ट वा अपाङ्गमैत्री र्‍याम्प, पर्याप्त पार्किङ भएनभएकोलगायतका थुप्रै बिषयबस्तुहरु माथि स्थलगत निरीक्षण गरेको छ । `मानव स्वास्थसँग प्रत्यक्ष जोडिएको अस्पताल जस्तो सम्वेदनशील क्षेत्र मापदण्डअनुसार सञ्चालन गर्न जरुरी छ ।  अस्पताल भन्ने बित्तिकै आमनागरिकको स्वास्थ्यसँग जोडिएको हुन्छ, कानुन भन्दा माथि कोहि छैन´, उपप्रमुख अधिकारीले भने – `स्थानीय सरकारको इजाजत बिना अब कुनै पनि अस्पताल वा क्लिनिक सन्चालन गर्न पाइँदैन । यदि कसैले अटेर गरेर या प्रक्रिया पूरा नगरी अस्पताल वा क्लिनिक चलाएको पाइमा कानुन अनुसार प्रक्रिया अगाडि बढाइने छ ।´

    स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरू तालिम प्राप्त भए नभएको, जोखिमयुक्त फोहरको व्यवस्थापनको अवस्थाबारे पनि अनुगमन  गरिएको छ । यस्तै अनुगमनका क्रममा सर्वसुलभ स्वास्थ्यको पहुँच वृद्धि गर्न टेवा पुग्ने भएकाले अनुगमलाई निरन्तरता दिइँदै आइएको छ ।

    अनुगमन टोलीले मङ्गलबार भरतपुरका केही अस्पताल वा क्लिनिकहरुमा अनुगमन गरेको छ । भरतपुर १८ चनौली बजारमा रहेको जनश्री अस्पताल, भरतपुर १८ कै भुवनवस्ती मेडिकल क्लिनिक, भरतपुर १० मा रहेका चितवन भरतपुर सेन्ट्रल अस्पताल प्रा लि, सदिच्छा स्वास्थ्य क्लिनिक, डा साथी प्याथोलोजी एण्ड होम केयर सर्भिस, वान हेल्थ क्लिनिक एण्ड माइक्रो प्याथल्याब र चन्द्रमा स्वास्थ्य क्लिनिकहरुको अनुगमन गर्दा केहिमा मापदण्ड नपुगेको, केहिमा अस्पतालको भौतिक संरचनामा लापरबाही गरिएको पाइएको हुँंदा ती अस्पतालहरुलाई व्यवस्थापन गर्न र कानुनी दायरामा ल्याउनको लागि पुन: अनुगमन शुरु गरिएको जनस्वास्थ्य प्रबर्द्धन शाखाका अधिकृत केशव भट्टले जानकारी दिए ।
    `भरतपुरका केहि अस्पतालहरु बिना इजाजत सञ्चालन गरेको पाइयो, त्यसैलाई खबरदारी गर्न हामी अनुगमनमा निस्केका हौँ´, भट्टले भने ।

    जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि महानगरपालिकाले बर्सेनी स्वास्थ्य संस्थामा अनुगमन गर्ने गर्दछ । भरतपुर महानगरपालिका स्वास्थ्य संस्था दर्ता अनुमति नवीकरण तथा स्तरोन्नति सम्बन्धि कार्यबिधी २०७७ ले महानगर भित्र सञ्चालन हुने निजी अस्पताल, क्लिनिक र प्रयोगशालालाई मापदण्ड अनुसार सञ्चालन गर्न अनुमति दिने ब्यबस्था रहेको छ । 

    जनस्वास्थ्य प्रबर्द्धन शाखाका अनुसार भरतपुरमा अघिल्लो दुई आर्थिक वर्षमा ९५ वटा अस्पताल, क्लिनिक र प्रयोगशालालाई सञ्चालनको अनुमति दिइएको थियो । जसमध्ये ६ वटा १५ शैय्याका अस्पताल र बाँकी ८९ वटा क्लिनिक तथा प्रयोगशाला रहेका थिए । त्यस्तैगरी चालू आर्थिक वर्षमा ९ वटा अस्पताल, क्लिनिक र प्रयोगशालाले अनुमतिका लागि निवेदन दिएका छन् । जसमा २ वटा अस्पताल र बाँकी ७ वटा क्लिनिक तथा प्रयोगशाला रहेका छन् । चालू आर्थिक वर्षको झन्डै एक महिनाको अवधीमा भरतपुर महानगरपालिकाले ७ वटा अस्पताल, क्लिनिक र प्रयोगशालाको अनुगमन गरिसकेको छ भने अरु २ वटा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा रहेकोले अनुगमन गर्न बाँकी रहेको छ ।

    स्थानीय स्तरमा १५ शैय्यासम्मको अस्पताल सन्चालन गर्न  स्थानीय सरकारलाई अनुमती दिइएको छ भने प्रदेश सरकारले दुई सय शैय्यासम्मको अस्पताल सञ्चालन गर्न पाउने कानुनी व्यवस्था रहेको छ । दुई सय शैय्याभन्दा माथिको अस्पताल सञ्चालन गर्न संघीय सरकारलाई अधिकार दिइएको छ । 

    भरतपुर महानगरले १५ शय्याको अस्पताल, स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, फिजियोथेपी केन्द्र, होमियोपेथिक क्लिनिक तथा डी र ई वर्गका प्रयोगशालालाई नियमन गर्ने गर्दछ । भरतपुरमा भरतपुर केन्द्रीय अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठुला मेडिकल कलेज, २० निजी अस्पतालसहित २०० को सङ्ख्यामा निजी क्लिनिक तथा फार्मेसी सञ्चालनमा छन् ।

    महानगरपालिकाले गत आर्थिक वर्षको साउन १२ गते दर्ता नभएका संस्थालाई दर्ता गर्न आह्वान समेत गरेको थियो । 

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.