निजि स्वार्थलाई सबैले बलि चढाए कस्ताे हुन्थ्याे हाेला
यहि कुरा सबैले सन्तानलाई पढाए कस्ताे हुन्थ्याे हाेला ।
निजि स्वार्थलाई त्यागि सार्वजनिक स्वार्थमा लागाैं हामी
माया ममतामा समाजलाई अडाए कस्ताे हुन्थ्याे हाेला ।
हुन्छन् समाजमा स्वार्थिहरू थरि थरिका लुकि बसेका
त्यस्ता स्वार्थिहरूलाई त्यहिं लडाए कस्ताे हुन्थ्याे हाेला ।
कानुन उल्लङ्घन गर्नेले सजाय पाउनु पर्छ जसरि पनि
छानविन गरी ठाउँमै त्यहिँ ढडाए कस्ताे हुन्थ्याे हाेला ।
काँढाकाे बिचमा पनि गुलाफ फुलेकाे हुन्छ बगैंचामा
फुलहरूले झैं मिलेर शाेभा बढाए कस्ताे हुन्थ्याे हाेला ।
गजल
भरतपुर-११, चितवन








