एजेन्सी । साउथ चलचित्र तथा बलिउड अभिनेत्री काजल अग्रवाल विवाह बन्धन बाँधिएकी छन्। अभिनेत्री काजल व्यवसायी गौतम किचलूसँग विवाह बन्धनमा बाँधिएकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले शुक्रबार मुम्बईको एक होटलमा विवाह गरेका हुन्। अग्रवालले यसअघि आफ्नो इन्स्टाग्राममार्फत् विवाहको जानकारी दिएकी थिइन् ।








