• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पर्वतमा गाईभैँसीमा कृत्रिम गर्भाधानप्रति आकर्षण घट्यो

  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    पर्वत । घरपालुवा पशुमा कृत्रिम गर्भाधानलाई बढावा दिन राज्यले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम ल्याएको छ । तर पर्वतमा भने कृत्रिम गर्भाधानप्रति किसानको अकर्षण घट्दै गएको छ । सरकारले रु २५ मा उपलब्ध गराउँदै आएको गाईभैँसीको कृत्रिम गर्भाधान (एआई सेवा) पशु प्राविधिक र चिकित्सकले महँगो शुल्क लिन थालेपछि किसानको आकर्षण घटेको हो । किसानले महँगो शुल्क तिर्नुपरेको गुनासो गर्न थालेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा जम्मा एक हजार छ सय १९ वटा गाईभैँसीमा मात्र कृत्रिम गर्भाधान गराइएको छ ।

    जिल्लाभर २६ हजार आठ सय ८५ वटा गाई, ३२ हजार पाँच सय सात भैँसी र ५२ हजार तीन सय १० वटा बाख्रा रहेको तथ्याङ्क छ । गाईभैँसीलाई गर्भाधान गराउने बेला भएको समयमै पशु प्राविधिक र चिकित्सकको सहज उपस्थिति नहुने, भइहाले पनि मनोमानी रूपमा शुल्क तोक्ने गरेका कारण आकर्षण बढ्न नसकेको फलेवास–५ का किसान धर्म पौडेलले बताउनुभयो ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत रु २५ मा उपल्ब्ध हुने पशुको सिड अर्थात् वीर्य किसानका गोठमा पुगेर लगाउँदा प्राविधिकले महँगो शुल्क लिने गरेको पशुपालक किसानको गुनासो छ । कुश्मा नगरपालिका–८ चुवामा सृजनशील कृषि तथा पशु फार्म सञ्चालन गर्दै आउनुभएका किसान सृजन पौडेलले कृत्रिम गर्भाधान गराउँदा सरकारी चिकित्सकले महँगो शुल्क लिने गरेका कारण मर्कामा परेको गुनासो गुर्नभयो । सोही ठाउँका अर्का किसान विष्णुप्रसाद भुवाँजीले पनि पशु चिकित्सकको मनोमानीका कारण आफूहरू मारमा परेको बताउनुभयो ।

    उहाँले परम्परागत रूपमा भैँसीलाई राँगो र गाईलाई बहर नै खोजेर लगाउँदा आधाभन्दा बढी सस्तो पर्ने गरेको बताउनुभयो । सरकारी सेवा महँगो बन्दा पेसा नै छाडनुपर्ने भएको किसानले बताएका छन् । कुश्मा नगरपालिकाको नगर पशु सेवा शाखाले भने कुश्मा नगर कार्यपालिकाले कुनै पनि नीतिनियम नबनाइदिएका कारण चिकित्सकले आफूखुसी शुल्क लिने गरेको बताएको छ । शाखाका अधिकृत राजेन्द्र सुवेदीले कृत्रिम गर्भाधान सेवा सुरु भएबाट अहिलेसम्म चिकित्सकको अनुकूलमा शुल्क निर्धारण गरेर किसानलाई सेवा दिँदै आएको बताउनुभयो ।

    उहाँले रु पाँच सयभन्दा बढी लिन नहुने दाबी गर्नुभयो । चौध वडा रहेको पर्वतको कुश्मा नगरपालिकामा जिल्लामै सबैभन्दा बढी व्यावसायिक पशु फार्म रहेका छन् । जिल्लाका सातवटैै स्थानीय तहमा कृत्रिम गर्भाधानको सेवा विस्तार गरिएको भए पनि किसानले परम्परागत रूपमै गराउने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज बाँस्तोलाले बताउनुभयो । उहाँले विज्ञ केन्द्र वा अन्य शाखामै लिएर आउने पशुलाई रु २५ मा सेवा दिने गरिएको बताउनुभयो । उहाँले किसानबाट महँगो शुल्क लिएको बारेमा कुनै गुनासो नआएको बताउनुभयो ।

    कार्यालय समयभन्दा बाहिर किसानका घरमै पुग्दा पशु विज्ञ तथा प्राविधिकले महँगो शुल्क लिएको हुनसक्ने बास्तोलाले बताउनुभयो । पर्वतको पैंयुँ गाउँपालिकाले भने राँगा पाल्ने किसानलाई अनुदान दिएको छ । पालिकामा कृत्रिम गर्भाधान सेवा उपलब्ध भए पनि गाउँपालिकाले राँगा पाल्ने किसानलाई वार्षिक रु २० हजार अनुदान दिने कार्यक्रम ल्याएको हो ।

    स्थानीय लिमे, पाराकोटे भैँसीको संरक्षण तथा किसानलाई प्रोत्साहन गर्न राँगापालकलाई अनुदान दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताउनुभयो । राँगापालकलाई अनुदान दिन यस वर्ष पालिकाले रु आठ लाख विनियोजन गरेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.