• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

बागमती प्रदेशमा नयाँ स्वास्थ्य ऐन कार्यान्वयनमा आउँदै

  •   बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। बागमती प्रदेशको स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा नवीकरणसम्बन्धी ऐन यसै महिनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ । लामो समयदेखि ऐन बन्न नसक्दा यहाँका अधिकांश स्वास्थ्य संस्था नवीकरण हुनसकेको थिएनन् । ऐनको अभावमा स्वास्थ्यका नयाँ संस्था दर्ता रोकिएको, प्रादेशिक अस्पतालका समिति निष्क्रिय भएको र वातावरणीय प्रभाव मूल्याङ्कनको काम हुन नसकेका बताइको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले यही भदौ महिनाभित्रमा ऐन ल्याइने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “हामी अन्तिम चरणमा छौँ । प्रदेशको संसदीय समितिमा छ । अबको संसद्मा ऐन आउँछ । ऐन जारी नहुँदा धेरै काम प्रभावित भएको छन् ।” स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालका अनुसार मन्त्रालयले विसं २०८० भदौ १२ गते प्रदेशसभामा ऐन पठाएको थियो । त्यसपश्चात बागमती प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ऐन अनुमोदन गरेर संसद्मा पठाउनुपर्नेमा ढिलाइ भएको हो । लामो समय समिति नबन्दा ऐनमाथि छलफल हुन ढिलाइ भएको छ ।

    समितिका सदस्य एवं प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले आफू मन्त्री भएलगत्तै ऐन प्रदेशसभामा पठाएको बताउनुभयो । समितिको यही भदौ १३ गते दिउँसो २ बजे बैठक डाकिएको जनाउँदै उहाँले त्यसै बैठकले अनुमोदन गरेर पठाएपछि संसद् बैठकबाट अनुमोदन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै काम रोकिएकाले यथाशीघ्र ऐन ल्याउन हामी लागिरहेका छौँ ।” प्रदेश सरकारले ल्याएको अध्यादेश संसद् खुलेको ६० दिनभित्र अनुमोदन हुन नसक्दा निष्क्रिय भएपछि २०७९ फागुन १२ गतेबाट बागमती प्रदेशमा ऐनविहीन छ ।

    मन्त्रालयका सूचना अधिकारी डा भुसालका अनुसार ऐन नबन्दा ८० प्रतिशतभन्दा बढी २६ देखि दुई सय शय्यासम्मका अस्पताल नवीकरण हुनसकेका छैनन् । प्रदेशका १३ अस्पताल, १३ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको समिति निष्क्रिय बनेको छ । नयाँ अस्पताल दर्ता र वातावरणीय प्रभाव मूल्याङ्कनका काम रोकिएका छन् । स्तरोन्नतिमा पनि यसको प्रभाव परेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य संस्था रहेका छन् ।

    अस्पतालसँगै ऐनमार्फत काम हुने अन्य स्वास्थ्य संस्थाहरूको पनि नवीकरण र स्तरोन्नतिलगायतका काम प्रभावित भएका छन् । निजी अस्पताल समन्वय समिति चितवनका सचिव रघुनाथ सापकोटाले ऐन जारी नहुँदा अस्पतालसहित स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको दर्ता, नवीकरण, स्तरोन्नतिसँगै बैंकिङ कारोबार रोकिएको बताउनुभयो । लामो समयदेखि ऐनविहीन हुँदा स्वास्थ्य क्षेत्रमा काममा निकै कठिनाइ भएको उहाँको भनाइ छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.