काठमाण्डौ । कोरोना भाइरस नियन्त्रणमा उदास देखिंदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै कारण अमेरिकामा तीसौं हजार मानिसलाई कोरोना संक्रमण भएको र त्यसमध्ये कम्तिमा ७ सयजनाको मृत्यु भैसकेको छ । स्टानफोर्ड युनिभर्सिटीका अर्थशास्त्र विभाग प्रमुख प्राध्यापक बी डोग्लास बेन्र्हेइमको नेतृत्वमा गरिएको अनुसन्धानमा गत जुनदेखि सेप्टेम्बरसम्म भएका डोनाल्ड ट्रम्पका १८ वटा चुनावी सभा तथा -यालीमा सहभागी कम्तीमा ३० हजार नागरिक कोरोनाभाइरस संक्रमित भएको दावि गरिएको छ । उनीहरुकै कारण अरु लाखौंमा कोरोना भाइरस संक्रमण फैलिएको अनुसन्धानकर्ताहरुको दावि छ । उनीहरुका अनुसार ट्रम्पको ¥यालीमा सहभागी करीब ७०० जनाको कोरोनाकै कारण मृत्यु भएको पनि उनीहरुको अनुमान छ । डेमोक्र्ट र जनस्वास्थ्य अधिकारीहरुले राष्ट्रपति ट्रम्पले राजनीतिक फाइदाका लागि मतदातालाई जोखिममा पारेर चुनावि र्यालीहरु गरिरहेको आरोप लगाउंदै आएका छन् । केही दिन अघि आफूसहित पत्नी र छोरालाई समेत कोरोना संक्रमण भएर निको भए लगत्तै उनी फेरि चुनावी र्यालीहरुमा व्यस्त भैरहेका छन् । उनीहरुले ट्रम्पको -यालीमा सहभागि भएका प्रति एक लाख नागरिकमध्ये २५० जनामा संक्रमित गराएको अनुमान गरिएको छ। यो तथ्याङ्क अनुसार १८ वटा -यालीमा सहभागीमध्ये कम्तीमा ३० हजार संक्रमित भएका छन्। त्यस्तै ७०० भन्दा बढीको मृत्यु भएको छ । ह्वाइट हाउसका प्रवक्ता जुड डीरले भने यो अध्ययनलाई ‘राजनीतिक चाल’ भन्दै विरोध गरेका छन् । रणरहोसअमेरिकामा अगामी मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यहाँ रेपब्लिकन पार्टीबाट ट्रम्प दोस्रो कार्यकालका लागि र डेमोक्र्याटिक पार्टीबाट पूर्व उपराष्ट्रपति जो बाइडन प्रतिश्पर्धामा छन् ।








