• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

संस्कृतिको संरक्षणमा जुट्दै गुरुङ समुदाय

  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  यहाँका गुरुङ समुदाय संस्कार संस्कृतिको संरक्षण तथा एकरुपताका लागि जुटेका छन् । जिल्लास्थित गुरुङ समुदायको धार्मिक संस्था तमू प्ये ल्हु सङ्घले संस्कृतिको संरक्षणका र एकरुपताका लागि समुदायमा प्रचलित मौलिक सांस्कृतिक नृत्य ‘सेर्गा नाच’को तालिम सञ्चालन गर्ने भएको हो । बसाइँसराइसँगै मौलिक सांस्कृतिक तथा सामूहिक नृत्य हराउन थालेपछि संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ समूह निर्माण गरेर तालिममार्फत सिकाउने तयारी गरिएको सङ्घका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो ।

    यसअघि पनि संस्कृतिबारे विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको भन्दै गुरुङ समुदायको मृत्यु संस्कारमा पनि यो नृत्य देखाइन्ने भएको तालिम सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । परापूर्वकालदेखि चलिआएको संस्कृति भए पनि नयाँ पुस्ताले यसप्रति चासो नदेखाउँदा सेर्गा हराउने अवस्थामा आइपुगेको अध्यक्ष गुरुङले बताउनुभयो । “चितवनमा अधिकांश गुरुङ बाहिरी जिल्लाबाट बसाइँ सरी आएपछि नयाँ ठाउँमा संस्कृति संरक्षण तथा एकरुपता कायम चुनौती भएको छ, त्यसमाथि नयाँ पुस्तामा पुस्तान्तरण हुन नसक्दा संस्कृति पनि लोप हुने अवस्थामा आइपुगेको छ”, उहाँले भन्नुभयो ।

    अध्यक्ष गुरुङका अनुसार यो नाच गुरुङ जातिमा मृत्युपछि गरिने संस्कार अर्घौमा नचाइन्छ । समूहमा गाउने, बजाउने र नाच्ने हुँदा सेर्गाको लागि ठूलो समूह आवश्यक पर्ने उहाँको भनाइ छ । संस्कृति संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले संस्थागतरूपमा तमू प्ये ल्हु सङ्घमार्फत तालिम दिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । सेर्गामात्र नभइ गुरुङ जातिको धर्मगुरूलाई भेला गराई संस्कारलाई एकरुपता दिन थप परिस्कृत गर्दै लैजाने योजना रहेको अध्यक्ष गुरूङले बताउनुभयो ।

    सेर्गा नाँचको तालिमको तयारी लागि गत सोमबार वृहत् दोस्रो खेगी (धर्मगुरू) को भेला गरिएको थियो । धर्म संस्कारको संरक्षण र प्रवर्द्धनलाई अझ दिगो बनाउने र युवा पुस्ता माझ पु¥याउने उद्देश्य रहेको अध्यक्ष गुरुङले बताउनुभयो । “खेगी गुरूहरूको भेलामार्फत धर्म संस्कार संरक्षणलाई अझ दिगो बनाउने प्रयास गरेका हौँ”, उहाँले भन्नुभयो, “यसको मुख्य उद्देश्य आफ्नो जातिको संस्कारलाई भावी पुस्तासम्म पु¥याउनु हो ।” तालिम यथाशीघ्र सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

    धर्मगुरूको भेलामार्फत जिल्लाभर बस्ने खेगीहरुसँग समग्र तमू जातिबीच सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेल्ने सङ्घका जिल्ला अध्यक्ष विक्रम च्हम्रु तमूले बताउनुभयो । सङ्घका पूर्वअध्यक्ष भीमबहादुर गुरुङले प्ये छ्याबारे समग्र तमू जातिलाई बुझाउन खेगी भेला फलदायी भएको बताउनुभयो । नयाँ पुस्तामाझ पुरानो मौलिक संस्कृतिलाई पुस्तान्तरण गराउन यस्ता गतिविधि आवश्यकपर्नेमा उहाँले जोड दिनुभयो । प्ये (वेद)मा एकरुपता आवश्यक खेगी गुरुहरूले तमू जातिको संस्कार, संस्कृतिसम्बन्धी प्ये (वेद)मा एकरुपता ल्याउन आवश्यक रहेको बताउनुभयो ।

    ठाउँ र भेगअनुसार तमू भाषामा देखिएको विविधताले खेगीको प्येमा पनि विविधता देखिँदा सबैको बुझाइ एकनासको हुन नसकेको खेगी (घ्याप्री गुरू) चित्रबहादुर गुरुङले उल्लेख गर्नुभयो । सबै खेगीको बुझाउने शैलीमा एकरुपता नहुँदा अन्य संस्कारले पनि प्रवेश पाएको उहाँको भनाइ छ । “हाम्रो संस्कार र संस्कृतिको महत्व कमजोर हुँदै जानुमा हामी दोषी छौँ । हामीले पुस्तान्तरण गर्न नसक्दा अरु संस्कार र संस्कृतिले प्रवेश गर्दै गएका छन्”, खेगी गुरुङले भन्नुभयो, “सबै गुरुङलाई बुझाउने ठाउँमा हामी रहेकाले अब पुस्तान्तरणसँगै संस्कार संरक्षण र प्रवर्द्धनमा जुटेका हौँ ।”

    खेगीबाट फरक शैलीमा सांस्कृतिक कुरा बाहिर आउँदा नयाँ पुस्ता अलमलमा परेकाले एकरुपता आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो । घ्याप्री गुरू नवराज गुरुङले जिल्ला र ठाउँअनुसार भाषा फरक भए पनि आफूले गर्दै आएको कर्म र त्यसबाट हुने प्रभावबारे खुलेर जानकारी गराउन सक्नुपर्ने बताउनुभयो । “हामी विभिन्न जिल्लाबाट आएर बसेका छौँ ।

    ठाउँअनुसार भाषामा केही तलमाथि हुन्छ”, उहाँले भन्नुभयो, “त्यसको प्रभाव खेगीको वेदमा पनि देखिन्छ । हाम्रो जन्मदेखि मृत्युपछिसम्म चल्ने सांस्कारिक चलनको विषयमा राम्रोसँग बुझाउन नसक्दा कति गुरुङ आफ्नो संस्कार र संस्कृतिभन्दा बाहिर गइसकेका छन् । अब हामीले जोगाउने प्रयास गर्नुपर्छ ।” पैँडी गुरू ज्ञानबहादुर गुरुङले यस समुदायमा नभइ नहुने वर्ग, पार्क र मेवाबारे पूर्ण जानकारी राख्नु सक्नुपर्ने बताउनुभयो । यससम्बन्धी जानकार व्यक्तिले नयाँ पुस्तालाई बुझाउँदै पुराना मौलिक संस्कारलाई पुस्तान्तरण गर्नु आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.