• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

छाब्दीबाराही मन्दिरमा दुई सय परिवारलाई रोजगारी

  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । जिल्लाको चर्चित छाब्दीबाराही मन्दिरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ दैनिक भक्तजनको घुइँचो बढ्न थालेको छ । हिन्दू धर्मावलम्बीको आस्थाको धरोहरका रुपमा परिचित यस मन्दिर परिसरमा करिब दुई सय परिवारले स्वरोजगारी अपनाउँदै आएका छन् । गत शनिबार मात्र करिब पाँच हजारको सङ्ख्यामा भक्तजन आउने विश्वास गरिएको यस मन्दिरमा अन्य दिन पाँच/सात सय भक्तजन आउने गरेका छाब्दीबाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मन्दिर परिसरमा फूल, पूजाका सामग्री, खाजालगायत व्यापारबाट करिब दुई सय परिवारले रोजगारी पाएका छन् । मन्दिर परिसरमा फूलप्रसाद, खाजा र खाना बेचेर आफूहरुको जीविकोपार्जन भइरहेको मन्दिर नजिक व्यापार गर्दै आउनुभएकी व्यास नगरपालिका–१२ की २९ वर्षीया सीता सापकोटाले बताउनुभयो । “शनिबार बिदाको दिन भक्तजनको घुइँचो बढी हुन्छ । प्रायः शनिबार बिहान ३ बजेदेखि दिउँसो १ बजेसम्म व्यापारमा खटिनुपर्छ”, उहाँले भन्नुभयो, “मन्दिर परिसरमा सञ्चालित व्यापारबाट दैनिक रु एक हजारदेखि रु एक हजार दुई सयसम्म कमाउन सकिएको छ ।”

    श्रीमान् रोजगारीको क्रममा कतारमा भएकाले आफूले फूल र प्रसादको मात्रै व्यापार गर्दै आएको सीताले सुनाउनुभयो । श्रीमान्लाई स्वदेश बोलाएर फूलप्रसादका साथै खाजा र खानाकोसमेत व्यापार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । मन्दिरमा आउने भक्तजनको कारण आफूहरुको होटल नियमित सञ्चालन भइरहेको स्थानीय होटल व्यवसायी जानकी कँडेलले बताउनुभयो । पूजा गर्न आउने भक्तजनको घुइँचोले गर्दा आफू र श्रीमान् दैनिक खटिने गरेको उहाँको भनाइ छ । “मन्दिरप्रतिको आस्थाको कारण भक्तजनको सङ्ख्या बढ्दै गएकाले आम्दानी पनि प्रशस्र्तै हुन थालेको छ”, कँडेलले भन्नुभयो, “शनिबार बिदा पर्ने भएकाले बाहिरी जिल्लाबाट पनि भक्तजन आउनुहुन्छ ।

    दिउँसो १ बजेसम्म ग्राहकको घुइँचोले बोल्ने फुर्सदसमेत हुँदैन ।” अन्य दिन रु तीन/चार हजारको र शनिबार रु १५/१७ हजारको व्यापार हुने गरेको होटल व्यवसायी कँडेलले जानकारी दिनुभयो । यहाँ विन्दु सेढाइँ, देवी थापा, कृष्णबहादुर आले, प्रेम आले, पुष्पा कँडेल, शोभा पन्त, विन्दी आले, बद्री पन्थ, धनबहादुर गुरुङ, सरिता पुलामीलगायत दुई सय जनाले फूल, प्रसाद, खाजा र खानाको व्यापार गर्दै आएका छन् । मन्दिर दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरी होटल सञ्चालन गरेपछि व्यापार पनि सन्तोषजनक रहेको छाब्दीबाराही विकास कोषकी उपाध्यक्षसमेत रहनुभएकी सुनिता पन्थले बताउनुभयो ।

    आफूले होटल सञ्चालन गर्ने र श्रीमान्ले हलुका सवारीसाधनबाट भक्तजनलाई सेवा दिँदै आउनुभएको उहाँले बताउनुभयो । “भक्तजनको सेवामा हामी दुवै जना दैनिक खटिँदै आएका छौंँ”, पन्थले भन्नुभयो, “खटाइ अनुसारको दुई चार पैसा आम्दानी पनि भइरहेको छ ।” छाब्दीबाराही मन्दिरको पर्याप्त प्रचारप्रसार हुन नसक्दा देशका विभिन्न क्षेत्रमा रहेका भक्तजनलाई आकर्षित गर्न नसकिएको मन्दिर विकास कोषका अध्यक्ष थापाले बताउनुभयो । पुरातात्विक सम्पदा संरक्षण हुने गरी मन्दिरको गुरुयोजना बनाउन सके हिन्दू धर्मावलम्बी बढ्ने र स्थानीयको व्यापारको दायरासमेत फराकिलो हुँदै जाने उहाँले उल्लेख गर्नुभयो । व्यापारमा संलग्न हुनेहरु करिब ७० प्रतिशत महिला रहेका विकास कोषले जनाएको छ ।

    “मन्दिरको पर्याप्त प्रचारप्रसार गर्न सके यहाँका स्थानीयको आयआर्जनको स्रोत बढ्दै जानुका साथै स्वरोजगारका अवसर थप सिर्जना हुँदै जाने थियो”, कोषका अध्यक्ष थापाले भन्नुभयो, “अहिले पनि परम्परागत प्रणालीमा यस क्षेत्रका करिब दुई सय परिवार व्यवसायमा लाग्नुलाई उपलब्धिका रुपमा लिएका छौँ ।” विसं १८०० सयदेखि पूजा गर्न सुरु गरिएको यस मन्दिरमा मनले चिताएको पुग्ने विश्वासका साथ तनहुँका साथै छिमेकी जिल्ला लमजुङ, गोरखा, कास्की र चितवनबाट भक्तजनको घुइँचो लाग्ने गरेको मन्दिर विकास कोषले जनाएको छ ।

    “किंबदन्ती अनुसार विसं १८०० जेठ ८ गते राति छाब्दी परिसरको गोठमा सुस्ताउँदै गरेका कुलुङ गाउँका जहरसिंह आलेमगर अघिल्तिर एक बालिका आएर आफूलाई बास बस्न र खान दिन आग्रह गरिन् । आफ्नो घर करिब एक घण्टाको दूरीमा कुलुङमा रहेको र गाईभैँसी चराउन आएको आफू गोठमा बसेकाले अन्नपात केही नभएको, बास बस्न दिन नसक्ने भएकाले अन्तै जान बालिकालाई जहरसिंहले आग्रह गरेलगत्तै आफू छाब्दीबाराही देवी भएकाले तल कुण्ड नजिकै शीला भएर बस्ने र आफ्नो दैनिक पूजा गरे मनले चिताएको पूरा हुने बताउँदै ती बालिका अलप भइन् ।

    जहरसिंहले बिहान कुण्ड नजिकै गएर हेरे । नभन्दै त्यहाँ अलौकिक स्वरुपमा शिला देखे र त्यसै दिनदेखि सानो खरको छाप्रो बनाइ दैनिक पूजा सुरु गरेका भन्ने जनविश्वास छ”, कोषका अध्यक्ष थापाले भन्नुभयो । विसं १९३१ मा छाब्दीबाराही दर्शनमा आएका तल्कालीन राजा सुरेन्द्रविक्रम शाहले मन्दिरको नाममा ६१ रोपनी जग्गा दिनुभएको इतिहासकारको भनाइ रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना
    बडादशैं : टिकाको साइत कुन देशमा कति बजे ?
    दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.