• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु

  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। यहाँको भरतपुर अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिन लामो समय लाइनमा उभिनुपर्ने समस्या समाधान गर्न अस्पतालले टोकन प्रणाली सुरु गरेको छ । भीड व्यवस्थापनसँगै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो । हरेक दिन बिहान ६ बजे अघि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा डा कृष्णप्रसाद पौडेल साइकलमा अस्पताल छिर्नुहुन्छ । बिहानीको व्यायामसँगै अस्पतालमा एक फन्को लगाएपछि उहाँ बिरामीको भीड व्यवस्थापन गर्न जानुहुन्छ ।

    मेसु पौडेलले आफूसँगै भीड व्यवस्थापनका लागि अस्पतालका सुरक्षाकर्मीलाई सक्रिय बनाउनुहुन्छ । सुरक्षाकर्मीलाई काम लगाउन अस्पतालका कर्मचारी अजेस सुवेदीले साथ दिनुहुन्छ । मेसु प्रा डा पौडेल बिरामीको घुइँचोलाई व्यवस्थापनमा बिहानीको समय खर्चिनुहुन्छ । अस्पतालमा ओपिडी सेवाको टिकट लिन टोकन प्रणाली सुरु गरेसँगै बिरामीले आफ्नो पालोमा टिकट लिने र परीक्षण गर्न थालेका मेसु पौडेलले बताउनुभयो । यसले भीड व्यवस्थापन हुनाका साथै बिरामीले केही सहज भएको उहाँको भनाइ छ ।

    टोकन लिने समयमा बस्नका लागि केही ठाउँको व्यवस्थापन गरिएको छ । पहिले टिकट लिन झण्डै एक घण्टा लाइनमा उभिनुपर्नेमा अहिले टोकन लिएपछि १० मिनेट पनि उभिनुनपर्ने मेसु पौडेलले जानकारी दिनुभयो । प्रा डा पौडेलले भन्नुभयो, “टोकन लिएपछि एक सयभन्दा बढी बिरामी बस्न मिल्ने ठाउँ बनाएका छौंँ । टोकनको पालो आएपछि काउन्टरमा गएर टिकट लिए पुग्छ ।” उहाँका अनुसार बिदाको भोलिपल्ट अस्पतालमा एकै दिन दुई हजार सात सय भन्दाबढी बिरामी आएको तथ्याङ्क छ ।

    बिहानदेखि ओपिडी सेवामा बिरामी आउने गर्दछन् । अस्पतालले बिरामीको घुइँचो भएपछि बहिरङ्ग सेवालाई विविधिकरण गरेको छ । बिहान ७ बजेदेखि ९ बजेसम्म रिफिल काउन्टर सञ्चालन गरेको छ । जहाँ ७ बजेदेखि ९ बजेसम्म दीर्घरोगी, जेष्ठ नागरिकलगायत बिरामीलाई सामान्य परीक्षण गरेर औषधि थप गर्ने गरिन्छ । “बिहान ८ बजेदेखि १२ बजेसम्म विशेषज्ञसहित सबैका लागि बहिरङ्ग टिकट खुल्ला हुन्छ । यहाँ ९ः३० बजेदेखि ४ बजेसम्म परीक्षण हुने गर्दछ ।

    पुनः १ देखि २ बजेसम्म इएसएस, डेण्टल र जनरल ओपिडि (जिओपिड) का लागि टिकट काउन्टर खुल्ला रहन्छ । यी सेवा पाँच बजेसम्म लिन सकिन्छ”, डा पौडेलले भन्नुभयो, “समग्रमा हामीले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तीन सिफ्टमा सेवा दिएका छौँ ।” अस्पतालमा पछिल्लो समय एमआरआई सेवा थप गरिएको छ भने क्याथल्याब खरिदका लागि बोलपत्र आह्वान भइसकेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा ४० शय्या सघन उपचार कक्ष (आइसियु), २० शय्याको एनआइसियु, छ शय्याको पिआइसियुलगायत अति विशिष्टिकृत सेवा उपलब्ध छन् ।

    बिरामीको उच्च चापका कारण कतिपय शल्यक्रियाका बिरामीले लामो समय पालो कुर्नुपर्ने अवस्था हन्त्य नभएको पौडेलले बताउनुभयो । उहाँका अनुसार ल्याबकोलीका बिरामीले १४ महिनादेखि पालो कुर्नुपर्नेमा हाल एक वर्षमा झारिएको छ । शल्यक्रिया कक्ष थप गरेर पालो कुर्नुपर्ने समय घटाउँदै लगिने यहाँले उल्लेख गर्नुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.