• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नुवाकोटमा निर्मित केन्द्रीय कारागार सञ्चालनमा

  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    त्रिशूली (नुवाकोट) ।  नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा आएको छ । कारागारको पहिलो युनिट भवनको नवनिर्मित संरचनाको आज गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेसँगै जिल्ला कारागार नुवाकोटका कैदीबन्दी स्थानान्तरण गरेर कारागार सञ्चालनमा ल्याइएको हो । विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण गरिएको केन्द्रीय कारागारको भवनलाई औद्योगिक कारागारका रुपमा स्थापित गराउन आवश्यक थप संरचनालाई क्रमशः निर्माण गर्दै अघि बढाइने गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

    “देशभरमा करिब १३ हजार क्षमताको कारागारमा अहिले २८ हजारलाई राख्दै आएका छौँ,” उहाँले भन्नुभयो, “गृह मन्त्रालयले एक सय दिनमा गर्ने कार्ययोजनाअनुरुप केन्द्रीय कारागार सञ्चालनमा ल्याइएको छ । आवश्यक थप संरचनाको क्रमशः निर्माण अघि बढाउँदै लगिनेछ ।” कारागारलाई सुधार गृहका रुपमा अघि बढाउन सरकारले विभिन्न योजना बनाए पनि भौतिक पूर्वाधार अभावले समस्या भइरहेको समयमा नुवाकोटको केन्द्रीय कारागारलाई नमूनासहित औद्योगिक कारागार बनाई आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने गृहमन्त्री लेखकको भनाइ छ ।

    सुविधासम्पन्न नयाँ भवनमा उद्यम र सीप सिकाइ हस्तकलाका सामग्री उत्पादन गराई त्यसको बिक्रीबाट कैदीबन्दीको आम्दानी र स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पहिलो चरणअन्तर्गत एक हजार तीन सय ७० जना कैदीबन्दी राख्ने क्षमताको पहिलो युनिटका संरचनाको निर्माण सम्पन्न भएसँगै आज नै जिल्ला कारागार नुवाकोटमा रहेका १४ जना महिलासहित एक सय ४८ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ ।

    कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यको अनुसार केन्द्रीय जगन्नाथदेवल, नख्खु कारागार ललितपुर, डिल्लीबजार कारागार काठमाडौँबाट थप पाँच सय कैदी नुवाकोटमा स्थानान्तरण गरिनेछ । त्यसपश्चात् आसपासमा पर्ने रसुवा, धादिङ, गोरखाबाट ल्याएर पूर्ण क्षमतामा एक हजार तीन सय ७० कैदीबन्दी पु¥याइने भएको छ । काठमाडौँमा रहेको केन्द्रीय कारागारलाई विसंं २०७० चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा स्थानान्तरण गर्ने निर्णयपश्चात् निर्माण थालिएको पाँचमध्ये पहिलो युनिटअन्तर्गतका संरचना (भवन) गत साउन १ मा पूरा भएसँगै कारागारलाई सञ्चालनमा ल्याइएको हो ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार आर्थिक वर्ष २०७२/७३ मा रु एक करोड ५० लाख लागतमा कारागारका नाममा रहेको ६ सय ४५ रोपनी जग्गामा घेराबार लगाएर संरक्षण थालिएको थियो । सोही वर्ष थप रु ४५ करोड ४२ लाखमा लगाएको ठेक्कामार्फत लामा–रमण जेभी निर्माण कम्पनीले निर्धारित समयभन्दा ढिलो गरेर गत साउनमा सरकारलाई हस्तान्तरण गरेको हो । पहिलो युनिटअन्तर्गत पाँच ब्लकमा रहेको कारागारसहित प्रशासनिक भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकाइ कार्यालयलगायत विस्तारित केन्द्रीय कारागारका लागि चाहिने अत्यावश्यक संरचनाको निर्माण गरिएको छ ।

    कारागार भवन उद्घाटनका क्रममा बागमती प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सम्पन्न गर्न बाँकी रहेका संरचनाको निर्माणमा सहयोगको प्रतिबद्धता जनाउनुभयो । आधुनिक र सुविधासम्पन्न कारागारका रुपमा स्थापित गर्ने लक्ष्यका साथ नुवाकोटमा सुरु गरिएको कारागारलाई सङ्घ र प्रदेश सरकारको साझा अधिकारअन्तर्गत थप संरचना निर्माणलगायत प्रदेश सरकारले बहन गर्नुपर्ने दायित्वको जिम्मेवारी पूरा गर्ने मुख्यमन्त्री लामाको भनाइ छ ।

    कार्यक्रममा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, महान्यायाधिवक्ता रमेश बडाल, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र सीता मिजार, निमत्त गृहसचिव नारायणप्रसाद भट्टराईलगायतले सात हजार कैदीबन्दी क्षमतामा रहने केन्द्रीय काराकारलाई पूर्णता दिन बाँकी रहेका कामलाई यथाशक्य अघि बढाउन सुझाव दिनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.