• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बाटुलेचौरमा पर्यटकीय पूर्वाधार निर्माण

  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पर्वत । यहाँको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा रु एक करोड ५० लाखका पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । पछिल्लो समय भक्तजन र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको बाटुलेचौरमा गत आर्थिक वर्षमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट उक्त बजेटमा पर्यटकीय पूर्वाधार निर्माण गरिएका हुन् ।

    कालिका भगवती मन्दिर र शिवको विशाल मूर्तिसमेत रहेको बाटुलेचौर आउने भक्तजन र पर्यटकको सहजताका साथै बाटुलेचौरलाई आकर्षक बनाउन पूर्वाधार निर्माण गरिएको बाटुलेचौर कालिका भगवती मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलका अनुसार मन्दिर परिसरमा एक सय आठ भन्दा बढी बर पिपलका चौतारी समुदायको साझेदारीमा निर्माण गरिएको छ । बर पिपल रोप्न चाहने हरेक व्यक्ति वा परिवारले रु १० हजार बराबरका चौतारी निर्माण गरेका छन् ।

    यस्ता चौतारी एक सय २४ वटा रहेको पौडेलले बताउनुभयो । विशेष गरी शनि त्रयोदशीमा एक सय आठ पिपल चौतारी घुम्न र पूजा गर्न यहाँ दर्शनार्थी आउने गर्छन् । त्यसैगरी मन्दिर परिसरमै सत्तल निर्माण गरिएको छ । मन्दिर परिसरमा घुम्न र दर्शन गर्न आउने ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक दिवा केन्द्र निर्माण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत रु ९९ लाख लागतमा भवन निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु २५ लाख, कुश्मा नगरपालिकाबाट रु १० लाख विनियोजन गरिएको थियो ।

    चालु आवमा पनि रु २० लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यसैगरी भगवान् शिवको अग्लो मुर्ति निर्माण गरिएको छ । बाटुलेचौर मन्दिर प्रवेश गर्ने पूर्व र पश्चिम दुवैतर्फ आकर्षक प्रवेशद्वार निर्माण गरिएका छन् । मन्दिर परिसर, पिपल चौतारी हुँदै प्रवेशद्धारसम्म आकर्षक पदमार्ग र मञ्च निर्माण गरिएको छ । सदरमुकाम कुश्माबजारबाट १२ किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा पछिल्ला केही वर्षयता दर्शनार्थी मात्र नभई पर्यटक र विभिन्न भिडियो तथा वृत्तचित्र छायाङ्कन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

    यहाँ आउने पर्यटक र भक्तजनको सुविधाका लागि घरवास, होटल विस्तार भएका छन् । बाटुलेचौर पछिल्लो समय धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको स्थानीय युगनाथ पौडेलले बताउनुभयो । राजा दशरथले आफ्ना भान्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न यहाँ आइ अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिर निर्माण गरिएको किंवदन्ती छ । भृगु ऋषिको तपस्यास्थल मानिने सो ठाउँको सम्पदा संरक्षण नहुँदा चोरी भएका थिए ।

    संरक्षण अभावमा हालको मन्दिरका विभिन्न पुरातात्विक समान विभिन्न समयमा हराएका छन् । स्थानीयवासीका अनुसार मन्दिर रहेको मुख्य ठाउँमा दुई सय वर्ष पुराना संरचना भएपनि विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले मन्दिर निर्माण गरेपछि नियमित पूजा हुँदै आएको हो । यहाँ विशेषगरी दसैँ, चैत्राष्टमी, बालाचतुर्दशी, शिवरात्रीलगायतका चाडपर्वमा भव्य मेला लाग्ने गर्दछ । यहाँ मेला भर्न पर्वतको कुश्मा, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला स्याङ्जाका दर्शनार्थीसमेत आउने गरेका छन् ।

    यहाँबाट पर्वत सदरमुकाम कुश्मा, बागलुङ, म्याग्दी र स्याङ्जाका विभिन्न स्थानका साथै अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । बाटुलेचौरको प्रवर्द्धन र प्रचारप्रसार गर्न यस वर्ष हरितालिका तीजको अवसरमा दोस्रो बाटुलेचौर तीज मेला आयोजना गरिएको छ ।

    आगामी भदौ २१ गते हरितालिका तीजको अवसरमा बाटुलेचौर कालिका भगवती मन्दिर क्षेत्र विकास संस्था र स्थानीय ठूलीपोखरी वडा कार्यालयको संयुक्त आयोजनामा तीज मेला आयोजना गरिएको हो । मेलामा मौलिक तीज गीत प्रतियोगिता, विद्यालय तथा खुला नृत्य प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती राखिएको आयोजकले जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.