• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

धार्मिक आस्थाको केन्द्र बन्दै बक्रेश्वर मन्दिर

  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गोरखा । जिल्लाको सहिद लखन गाउँपालिका–२ मनकामनामा रहेको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रका रुपमा विकास हुँदै गएको छ । बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पूजापाठ गराए बोल्छन् भन्ने धार्मिक विश्वास रहँदै आएकाले पछिल्लो समय बक्रेश्वर मन्दिर भक्तजनको रोजाइमा पर्न थालेको हो । “वाक्य नफुटेका धेरै बालबालिकालाई धेरैजसो अभिभावकले यहाँ ल्याउने गर्नुहुन्छ”, मन्दिरका पुजारी फडिन्द्रबहादुर लामिछानेले भन्नुभयो, “यहाँ ल्याएर दर्शनगरी पूजापाठ गराएपछि धेरै बालबालिकाको बोली फुट्ने गरेकाले अभिभावकले पनि विश्वास गर्नुहुन्छ ।”

    बोल्न नसक्ने बालबालिकाको बोली फुट्ने धार्मिक विश्वासका कारण बक्रेश्वर मन्दिरमा भारतबाट भक्तजन आउने गरेको उहाँले जानकारी दिनुभयो । बक्रेश्वरीस्थित घना जङ्गलको बीचमा रहेको मन्दिरको दर्शन गराएपछि २५ वर्षको उमेरसम्म बोली नफुटेको पाइएकाहरु पनि बोल्नसक्ने हुनुभएको पुजारी लामिछानेले बताउनुभयो । उहाँका अनुसार बक्रेश्वर मन्दिर प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर नजिक पर्दछ । पढाइमा कमजोर भएका, सन्तान नभएकाले पनि यस मन्दिरको दर्शन तथा भाकलगरी पूजा गर्ने गरेका पुजारी लामिछानेले बताउनुभयो ।

    “बक्रेश्वर मन्दिरमा धेरैजसो भक्तजन वाक्य माग्न आउनुहुन्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म बोली नफुटेर यहाँ आएर बक्रेश्वर देवताको पूजाअर्चना गरेपछि बोल्ने गरेका पाएका छौँ ।” बक्रेश्वर मन्दिरमा भाकल गरेकाले भाकल पूरा गर्न मन्दिरमा रहेका महादेवलाई बेलपत्र, गाईको दूध, जनैसुपारी, पहेँलो कपडा, शङ्ख, घण्ट, रुद्राक्षको माला चढाउने गर्दछन् । मन्दिर पञ्चवलिसमेत चढ्ने पुजारी लामिछानेले जानकारी दिनुभयो । “यो मन्दिरमा हाँस, कुुखुरा, भेडा, राँगो, बोकाको बलि चढ्छ”, उहाँले भन्नुभयो, “मन्दिरमा हरेक दिन बिहान नित्य पूजा हुन्छ भने बेलुकी धूपबत्ती गर्ने प्रचलन रहँदै आएको छ ।”

    मन्दिरमा शिवरात्रि र तीज पर्वका दिन विशेष मेला लाग्ने जनाउँदै उहाँले साउनको सोमबार पनि विशेष पूजा गर्ने गरिएको बताउनुभयो । स्वस्थानी व्रतकथामा स्वामी महादेवले सत्यदेवीको मृत शरीर बोकेर हिँड्दै जाँदा बक्रेश्वरी जङ्गलमा सतिदेवीको जिब्रो पतन भएको र सोही ठाउँमा बक्रेश्वर महादेवको उत्पत्ति भएको उल्लेख गरिएको पुजारी लामिछानेको भनाइ छ ।

    मनकामना क्षेत्र विकास समितिले बक्रेश्वरी मन्दिर संरचना निर्माण गर्न सहयोग गरे पनि स्थानीय सरकारले ध्यान नदिएको मन्दिरका पुजारी लामिछानेले बताउनुभयो । मन्दिरसम्म पुग्नका लागि सडकबाटोको स्तरोन्नति तथा गोरेटो बाटो निर्माण गर्न स्थानीय सरकार योजना बनाइ पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना
    बडादशैं : टिकाको साइत कुन देशमा कति बजे ?
    दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.