• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला

  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    घोराही (दाङ)  ।  कृषि पेसामा संलग्न थारू महिला तरकारी बेचेर जीविकोपार्जन गरिरहेका छन् । लमही नगरपालिका–४ घुम्नाकी दुखराजी चौधरी दैनिक तरकारी बिक्री गर्न लमही बजार पुग्ने गर्नुहुन्छ । आठ कट्ठा जमिनमा खेती गर्नुभएकी दुखराजी बारीमा उत्पादन भएका तरकारीको भारी बोकेर बिक्री गर्न लमही बजार आउने गरेको अनुभव सुनाउनुभयो । उहाँले बारीमा फलेका तरकारी बजारमा बिक्री गर्न दौँतरीसँग बिहान ५ बजे गाउँबाट निस्कने गरेको बताउनुभयो ।

    “लमही बजार पुग्दासम्म खाना पकाउने बेला भइसकेको हुन्छ । त्यही मौका छोपेर बजारका टोलटोल घुमेर तरकारी बिक्री गर्ने गर्दछौँ । तरकारी बिक्रीबाट भएको आम्दानीले बजारबाट घर जाँदा आवश्यक सामग्री खरिद गरेर फर्किन्छु । कृषि पेसा र तरकारी बिक्रीबाट जीविकोपार्जन भइरहेको छ”, उहाँले भन्नुभयो । बजारका घरघरमा पुगेर तरकारी बेच्दा दुःख हुने अनुभव सुनाउँदै दुखराजीले स्वरोजगार बनेर आम्दानी भएकाले आर्थिक अभाव भने नरहेको उहाँको भनाइ छ ।

    “घर र अन्य दैनिकी सञ्चालनका लागि तरकारी बेचेर आम्दानी भइरहेको छ । काम गर्दा दुःख भए पनि आर्थिक अभाव भएको छैन”, उहाँले भन्नुभयो । उहाँ जस्तै लमही–३ मजगाउँ निवासी ५३ वर्षीया कैलासपति चौधरी पनि तरकारी बिक्री गर्न दैनिक लमही बजार आउनुहुन्छ । तरकारी बिक्री गरेर जीविकोपार्जन गर्दै आउनुभएकी उहाँले भन्नुभयो, “तरकारी बिक्री गरेर घरखर्च जुटाउनुपर्छ, टाढा भए पनि तरकारी बेच्न सधैँ लमही आउँछु ।” मौसमअनुसार उत्पादन भएका तरकारीसँगै आर्थिक आम्दानी गर्ने उद्देश्यले यहाँका महिला बजारसम्म आउने गरेका छन् ।

    यसरी दैनिक तरकारी बिक्रीबाट रु छ सयदेखि रु एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको कैलासपतिले जानकारी दिनुभयो । बजारमा तरकारी डुलाएर बेच्दा राम्रो मूल्य पाइने मजगाउँ निवासी शारदाकुमारी चौधरीले बताउनुभयो । व्यापारीलाई दिँदा मूल्य कम पाइने भएकाले आफैँले तरकारी बोकेर बजार पु¥याउने गरेको उहाँको भनाइ छ । “बजारमा आफैँ गएर बिक्री गर्दा आम्दानी राम्रो हुन्छ, तरकारीखेतीमा लागेको मेहनत र मूल्य पनि उठ्छ”, उहाँले भन्नुभयो । तरकारी बिक्रीबाट घरखर्चसँगै छोराछोरीको पढाइ खर्च जुटाउने गरेको शारदाकुमारीले बताउनुभयो ।

    तरकारी बिक्री गर्ने निश्चित र व्यवस्थित ठाउँ भएमा व्यावसायिक तरकारी बिक्री गर्ने महिलालाई सहज हुने उहाँले उल्लेख गर्नुभयो । “बजारमा डुलेर तरकारी बिक्री गर्दा घाम, पानी, जाडो भन्न पाइँदैन । व्यवस्थित हाट वा तरकारी बिक्री स्थल भएमा घरघर डुल्ने झन्झट अन्त्य हुने थियो । स्थानीय सरकारले किसानलाई प्रोत्साहन गर्न पनि कृषि उपजको सहज बजारीकरणमा सहयोग गर्नु आवश्यक छ”, शारदाकुमारीले भन्नुभयो । छ कट्ठा खेतमा तरकारीखेती गरेको भन्दै उहाँले उत्पादन भएको कृषिउपज आफैँ बजारसम्म लगेर बिक्री गर्दै आएको बताउनुभयो ।

    तरकारीबाट भएको आम्दानीले जीविकोपार्जन गर्न सहज भएको उहाँको भनाइ छ । उहाँहरु मात्र होइन, बजार आसपासमा रहेका धेरै महिला दैनिकजसो तरकारी बिक्रीका लागि बजारसम्म आउने गर्नुहुन्छ । तरकारी बिक्री गरेर आम्दानी भएको रकमले घर व्यवहार चलाउँदै आएको उहाँहरुले बताउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.