• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण गरिँदै

  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार थप गरिएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका साथै भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको बाटुलेचौरमा गत आर्थिक वर्षमा सङ्घीय प्रदेश र स्थानीय सरकारको सहयोगमा पूर्वाधार थप गरिएको हो । कालीका भगवती मन्दिर र शिवको विशाल मूर्ति रहेको बाटुलेचौरमा आउने धार्मिक पर्यटकको सहजताका साथै मन्दिर परिसरलाई थप आकर्षक बनाउन पूर्वाधार निर्माण गरिएको मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर परिसरमा बरपीपलका चौतारी निर्माण गरिएका छन् ।

    बरपीपलका चौतारी समुदायको साझेदारीमा निर्माण गरिएको बताउँदै पौडेलले बरपिपल रोप्न चाहनेले प्रतिव्यक्ति वा परिवार रु १० हजार बराबरका चौतारी निर्माण गरेका छन् । मन्दिर परिसरमा एक सय २४ वटा चौतारी रहेको उहाँले बताउनुभयो । “शनित्रयोदशीमा एक सय आठ पीपल चौतारी घुम्न र पूजा गर्न स्थानीय र छिमेकी जिल्लाबाट दर्शनार्थीहरु आउने गर्दछन्”, उहाँले भन्नुभयो । मन्दिर परिसरमा सत्तल, दर्शन गर्न आउने ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक दिवा केन्द्र निर्माण गरिएको छ ।

    सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत रु ९९ लाखको लागतमा भवन निर्माण गरिएको पौडेलले जानकारी दिनुभयो । पूर्वाधार निर्माण गर्न गण्डकी प्रदेश सरकारबाट रु २५ लाख, कुश्मा नगरपालिकाबाट रु १० लाख विनियोजन भएको थियो । चालु आर्थिक वर्षमा पनि रु २० लाख विनियोजन भएको अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार भगवान् शिवको अग्लो मुर्ति, मन्दिर प्रवेश गर्ने पूर्व र पश्चिमतर्फ आकर्षक प्रवेशद्वार, पीपल चौतारी हुँदै प्रवेशद्वारसम्म पदमार्ग, मन्दिरसम्म पुग्न पक्की सडकलगायत पूर्वाधार निर्माण गरिएको छ ।

    सदरमुकाम कुश्मा बजारबाट १२ किलोमिटरको दूरीमा रहेको यो मन्दिरमा पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटक घुम्ने तथा विभिन्न म्युजिक भिडियो र वृत्तचित्र छायाङ्कन गर्ने स्थलका रुपमा परिचत हुँदै गएको अध्यक्ष पौडेलले बताउनुभयो । बाटुलेचौर पछिल्लो समय धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएकाले पर्यटन प्रवर्द्धन र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले मन्दिर आसपास घरबार र होटल सञ्चालनमा ल्याइएको स्थानीय युगनाथ पौडेलले बताउनुभयो । राजा दशरथले आफ्ना भाञ्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि यहाँ पूजाआजागरी मन्दिर निर्माण गरिएको किंवदन्ती रहेको उहाँले जानकारी दिनुभयो ।

    स्थानीय पौडेलका अनुसार संरक्षण अभावमा यहाँका विभिन्न पुरातात्विक समान विभिन्न समयमा हराइसकेका छन् । मन्दिर रहेको स्थानमा करिब दुई सय वर्ष पुराना संरचना भए विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले मन्दिर निर्माण गरेपछि नियमित पूजा हुँदै आएको जानकारहरुले बताउने गरेका उहाँले उल्लेख गर्नुभयो । छिमेकी जिल्ला बागलुङको बागलुङ कालिका मन्दिर जस्तै प्रसिद्धि कमाएको बाटुलेचौरमा टाढाटाढाबाट दर्शनार्थीहरु पूजापाठका लागि आउने गर्दछन् ।

    यहाँ बडादसैँ, चैत्राष्टमी, बालाचतुर्दशी, शिवरात्रिलगायत चाडपर्वमा मेला लाग्ने गर्दछ । मेला भर्नका लागि पर्वतको कुश्मा र फलेबास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला स्याङ्जाका दर्शनार्थी आउने गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यहाँबाट पर्वतको सदरमुकाम कुश्मा, बागलुङ, म्याग्दी र स्याङ्जाका विभिन्न स्थानका साथै अन्नपुर्ण, धौलागिरि, माछापुच्छ«ेलगायत हिमशृङ्खला स्पष्ट दृश्यावलोकन गर्न सकिने उहाँले बताउनुभयो । यसैबीच बाटुलेचौरको प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले यस वर्षको हरितालिका तीजको अवसरमा ‘दोस्रो बाटुलेचौर तीज मेला’ आयोजना गरिएको छ ।

    यही भदौ २१ गते तीजको अवसरमा बाटुलेचौर कालीका भगवती मन्दिर क्षेत्र विकास संस्था र स्थानीय ठूलीपोखरी वडा कार्यालयको संयुक्त आयोजनामा तीज मेला आयोजना गर्न लागिएको हो । मेलामा मौलिक तीज गीत प्रतियोगिता, विद्यालय तथा खुला नृत्य प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति राखिएको आयोजकले जनाएको छ ।

    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना
    बडादशैं : टिकाको साइत कुन देशमा कति बजे ?
    दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.