• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आरन पेसाले घर व्यवहार धान्न मुश्किल

  •   शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दार्चुला । पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले दार्चुलामा आरन पेसा लोप हुँदै गएको छ । विगत केही वर्षमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायत घरेलु औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको छ । शैल्यशिखर नगरपालिका–६ का पदमे लुहार युवा पुस्ताले आरन पेसा गरेर जीविकोपार्जन गर्न मुश्किल भएको बताउनुहुन्छ । “यसबाट आय आर्जन खासै छैन”, उहाँले भन्नुभयो, “यो पेसा गरेर परिवार पाल्न धौ धौ परेपछि यसप्रति युवा पुस्ताको आकर्षण छैन ।”

    दिनरात काम गरे पनि आरन पेसा गर्नेले उचित पारिश्रमिक पाउँदैनन । उनीहरुलाई स्थानीय सरकारको पनि कुनै सहयोग छैन । “सरकारले आधुनिक आरन उपलब्ध गराएको भए सहज हुने थियो”, लुहार भन्नुहुन्छ । नयाँ पुस्ताले चासो नदिँदा आरन पेसा हराउँदै गएको स्थनीय तेजुवा लुहारले भन्नुभयो । राज्यले अन्य पेसा व्यवसायीलाई जस्तै आरन पेसा गर्नेलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिए यस पेसामा अडिरहन सहयोग पुग्ने उहाँको भनाइ छ ।

    पर्याप्त आम्दानी नहुने र झन्झटिलो हुने हँुदा युवाले आरन पेसा छाड्दै गएको मालिकार्जुन गाउँपालिका–३ का फगिर टमाटा बताउँछन् । पछिल्लो समय युवाहरू पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि बढी आकर्षित बन्न थालेको उहाँको भनाइ छ । दिनभर फलाम पिटेर सामग्री निर्माण गरेअनुसारको ज्याला नपाउने हुँदा आरन पेसा लोप हुन थालेको टमाटा बताउनुहुन्छ । औजार बनाएबापत थोरै अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उहाँको भनाइ छ ।

    आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नु जस्ता कारणले यो पेसा ओझेलमा परेको हो । विभिन्न किसिमका औजार उत्पादन गरे पनि बजारको समस्या भएको स्थानीय गोकर्ण लोहारको भनाइ छ । गाउँगाउँ पुगेर बिक्री गरे पनि परिश्रम गरे अनुसारको पैसा नउठ्ने उहाँ बताउनुहुन्छ । सोह्र वर्षको उमेरदेखि आरन पेसा सम्हाल्दै आउनुभएका लोहार ७५ वर्ष हुँदासम्म यही पेसामा सक्रिय हुनुहुन्छ । परम्परागत रुपमा गर्दै आएको आरन पेसाबाट परिवारको खर्च धान्न समस्या भएको उहाँको भनाइ छ ।

    यो पेसामा आफ्नो भविष्य खोजी रहेका युवाहरुका लागि आधुनिक मेसिन र बजारीकरणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने लोहारको माग छ । समाजले हेर्न दृष्टिकोण र पेसाको सम्मान नहुँदा युवामा परम्परागत पेसाप्रति आकर्षण घट्न थालेको छ । युवाहरु पुरानो पेसाभन्दा अरू नै व्यवसाय गर्न र विदेश जान मन पराउन थालेपछि परम्परागत आरन पेसा लोप हुने अवस्थामा पुगेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.