चितवन । प्याराडाइज बन्यो गोल्डेन ईमिनेन्ट स्टार कप च्याम्पियन प्याराडाइजले जित्यो गोल्डेन ईमिनेन्ट स्टार कप फुटबलको उपाधि माडी । गोल्डेन ईमिनेन्ट २९औं स्टार कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि प्याराडाइज युवा क्लब रत्ननगरले जितेको छ ।
माडी स्थित बरुवा खेलमैदानमा भएको फाइनलमा प्याराडाइजले सूर्यपुर फुटबल क्लब कालिकालाई ३–१ ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । प्रतियोगिताको विजेता प्याराडाइजले उपाधिसहित नगद २ लाख हात पारेको छ ।
उपविजेता सूर्यपुरले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । स्टार स्पोर्टस युवा क्लब, माडी–१, बरुवा बजार, चितवनको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा नारायणी सामुदायिक अस्पताल रहेको थियो ।








