• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनबाट काठमाडौँ जाने बिरामी घटे

  •   बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  दश वर्षअघि लिइएको एक तथ्याङ्कमा यहाँबाट २४ घण्टामा ६९ एम्बुलेन्स बिरामी बोकेर काठमाडौँ गएको उल्लेख छ । तत्कालिन समयमा भरतपुरको आँपटारीमा नेपाल प्रहरीको सहयोगमा यहाँका विशेषज्ञ चिकित्सक डा भोजराज अधिकारीले कार्यपत्र तयारीका लागि यो तथ्याङ्क लिनुभएको थियो । अधिकारीको भनाइमा भरतपुर मेडिकल सिटीको अध्ययनका लागि लिइएको तथ्याङ्कमा धेरै बिरामी थप उपचारका लागि काठमाडौँ गएको पाइएको थियो । यो सङ्ख्या अहिले आएर हेर्दै गर्दा निकै कम भएको देखिन्छ ।

    एकिन तथ्याङ्क नलिइएको भए पनि देशभरका एम्बुलेन्स चालकको साझा संस्था संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका अध्यक्ष नवराज लामिछाने अहिले दैनिक छ÷सात एम्बुलेन्स मात्रै बिरामी लिएर जाने गरेको बताउनुहुन्छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्षसमेत रहनुभएका डा अधिकारी पहिले पहिले बिरामी सामान्य परीक्षण यहाँ गरेर थप परीक्षणका लागि काठमाडौँ जाने गर्दथे । उहाँले भन्नुभयो, “उपचार थालेको एक दुई दिनमा ठीक हुन्छ कि हुँदैन, होइन भने काठमाडौँ जान्छु बिरामीले भन्ने गर्नुहुन्थ्यो, अहिले त्यस्तो छैन ।”

    अहिले जिल्लामा सबै सुविधा भएका कारण सकेसम्म बिरामी यही उपचार गर्न चाहने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सबै खालका उपचार यहाँ हुने भएपछि बाहिरी जिल्लाबाट काठमाडौँ जाने गरेका बिरामी पनि यहाँ आउने गरेका छन् ।” भरतपुरमा संघीय सरकारको केन्द्रीय स्तरको एक भरतपुर अस्पताल, दुई मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पतालसहित २० भन्दा बढी साना तथा ठूला निजी अस्पताल सञ्चालनमा छन् । यसका अतिरिक्त उत्कृष्ट प्रयोगशाला यहीँ छन् ।

    केही वर्ष अघिसम्म यहाँबाट मुटु, न्यूरो, बाल शल्यचिकित्सा, हर्मनरोग, मेरुदण्डजस्ता रोगका बिरामी काठमाडौँ जाने गर्दथे । यहाँका मेडिकल कलेजले नेपालमा दिन सकिने सबै सेवा दिएकै कारण यहाँका बिरामी बाहिर जान घटेका हुन् । चितवन मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपाने आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि काठमाडौँ जाने बिरामी घटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “काठमाडौँ जाने होइन, बिरामी काठमाडौँबाट चितवन आउने गरेका छन् ।” उहाँले छिमेकी जिल्लाबाट रिफर भएर पनि ठूलो सङ्ख्यामा बिरामी यहाँ आउने गरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो “मुटु, मृर्गाैला, मेरुदण्ड लगायतका बिरामी काठमाडौँबाट चितवन आउँछन् ।” क्यान्सर उपचारका लागि चितवन देशकै केन्द्र भएको भन्दै प्राडा न्यौपानेले राजधानीसहित देशैभरी र भारतबाट समेत बिरामी आउने गरेको बताउनुभयो । राजधानी काठमाडौँमा हुने उपचार चितवनमा हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बोनम्यारो प्रत्यारोपणबाहेक सबै उपचार चितवनमा हुन्छन् ।” भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल विगतको तुलनामा निकै न्यून बिरामी मात्रै यहाँबाट रिफर लिएर जाने गरेको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “चितवनमा विशिष्टिकृत सेवा सुरु भएसँगै बिरामीहरु यही उपचार गर्न थालेका छन् ।” सरकारी र निजी क्षेत्र दुवैमा उच्चस्तरका उपकरण, दक्ष जनशक्ति र चुस्त व्यवस्थापनका कारण यहाँ सबै खालको उपचार सम्भव हुँदै गएको उहाँ बताउनुहुन्छ । भरतपुर आँखा अस्पताल आँखा उपचारमा विशिष्टिकृत बन्दै गएपछि यहाँको आँखा उपचार सेवा पनि राम्रो बनेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सिएमसी क्यान्सर इन्स्टिच्यूटमा बोनम्यरो प्रत्यारोपण बाहेकका सबै खाले उपचार हुने गरेका छन् ।

    देशको मध्यभागमा पर्ने र यातायातको सहजताले पनि यहाँ देशैभरीबाट बिरामी उपचारका लागि आउने गर्दछन् । छिमेकी जिल्लाबाट यसअघि काठमाडौँ जाने गरेका बिरामी पछिल्ला दिनमा यहाँ आउने गरेका छन् । स्वास्थ्य बीमाको सुविधा यहाँका ठूला अस्पतालमा हुँदा बिरामीलाई उपचारमा सहज भएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.