• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

दिक्तेल रुपाकोट मझुवागढीमा आठ स्थानीय पाठ्यक्रम

  •   सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८ मा ‘दिरुम ज्ञानमाला’ नामक स्थानीय पाठ्यक्रम प्रकाशन गरी कार्यान्वयनमा ल्याएको थियो । हाल उक्त पाठ्यक्रमलाई परिमार्जन गरी वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समावेश गरेर तयार पारिएको स्थानीय पाठ्यक्रम लागू गरेको हो ।

    नगरपालिकाका हरेक वडामा आ–आफ्नै विशेषता समेटिएको विषयवस्तु पढाउने गरी फरक–फरक आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “यसअघि नगरभित्रका सबै विद्यालयका कक्षा एक देखि पाँच सम्म एउटै स्थानीय पाठ्यक्रम तयार पारिएको थियो । त्यसको सट्टा अब सबै वडामा सञ्चालित विद्यालयले आ–आफ्नै विशिष्टता समेटिएको विषयवस्तु पढाउने छन्”, उहाँले भन्नुभयो, “स्थानीय पाठ्यक्रममा राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका तथा विद्यार्थीले जान्नैपर्ने विषयवस्तु समेटिएका छन् ।”

    उहाँका अनुसार नयाँ पाठ्क्रमले विद्यार्थीलाई आफ्नो ठाउँ अनुसारको भाषा, संस्कार÷संस्कृति तथा प्राकृतिक स्रोतसाधन बारेमा ज्ञान दिन्छ । जम्मा १५ वडामध्ये वडा नं. १ दिक्तेल, वडा नं. २ सोल्मा र वडा नं. ६ मुडेका विद्यालयमा पढाउन शिवहरी ढकालको संयोजकत्वमा गठित समितिले ‘रुपाकोट बैखरी’, वडा नं. ३ बाम्राङ र वडा नं. १३ नुनथलाका लागि बमबहादुर राईको संयोजकत्वमा ‘मुढे नुनथला’ वडा नं. ४ खाल्ले र वडा नं. ५ लफ्याङका लागि लक्ष्मीप्रसाद खनालको संयोजकत्वमा ‘हाम्रो मझुवा’ वडा नं. ७ दोर्पाचिउरीडाँडा, वडा नं. ८ दोर्पाबुवालुङ र वडा नं. ९ निर्मलीडाँडाका लागि भवकृष्ण ढकालको संयोजकत्वमा ‘हाम्रो साप्सुमाला’ नामक पाठ्यक्रम तयार पारिएको हो ।

    वडा नं. १० पाथेकाका लागि प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा ‘हाम्रो पाथेका’ वडा नं. ११ खार्मीका लागि प्रकाश राईको संयोजकत्वमा ‘हाम्रो खार्मी’ वडा नं. १२ जालपाका लागि प्रतिमान राईको संयोजकत्वमा ‘जालपा चिनारी’ वडा नं. १४ बुइपा र वडा नं. १५ विजयखर्कका लागि ललितकुमार राई संयोजकत्वको समितिले ‘दिरुम ज्ञानमाला’ नामक स्थानीय पाठ्यक्रम तयार पारेको नगरपालिकाले जनाएको छ । आफ्नै परिवेश, आवश्यकता, सम्भावना र अवस्थिति अनुसार तयार पारिएको स्थानीय पाठ्यक्रम नगरकार्यपालिका र शिक्षा समितिबाट पारित गरेर कार्यन्वयनमा लगिएको नगरपालिकाका शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिनुभयो ।

    स्थानीय पाठ्यक्रम तयार पार्न नगरपालिकाले तीन महिनाअघि शैक्षिक अभियन्ता एवम् शुभम् फाउण्डेशनका प्रबन्ध निर्देशक सूर्यबहादुर राईको संयोजकत्वमा शैक्षिक सुधार कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा पूर्वप्राचार्य कृष्णबहादुर बुढाथोकी, निजी स्कूलका सञ्चालक प्रकाश श्रेष्ठ र नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राई रहनुभएको थियो ।

    शैक्षिक सुधार कार्यदलको सुझावका आधारमा स्थानीय पाठ्यक्रम निर्माण गर्न नगरपालिकाले छुट्टाछुट्टै आठ वटा समिति गठन गरी काम थालेको थियो । नगरपालिकाद्वारा गठित समितिले विषय विज्ञहरु राखेर करिब तीन महिनामा स्थानीय पाठ्यक्रम तयार पारेको हो ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.