• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

विचारः प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान

  •   बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  ।

    ‘न कर्मणामनाराम्भान्नैष्कम्यं पुरुषोअश्रुते
    न च सन्न्यसनादेव सिध्दिं समधिगच्छति’

    एक यो गीतांशको भावार्थ हुन्छ– कुनै बाटो बदलिन सक्छ तर आफूले अपनाएको कर्म फेर्न जरुरी छैन । जब मान्छेले आफ्नो कर्म छोड्छ न उसलाई निस्कर्मता न उसलाई सिद्धी प्राप्त हुन्छ ।

    विसं २००६ को अन्त्यतिर राणाविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा राणा शासकहरूले गणेशमान सिंहलाई ठोरीको जङ्गलबाट समाएर जेल हाले । त्यसपछि राणा शासकका अघि उहाँलाई केरकार गर्न थालियो र राणा न्यायाधीश हरिशमशेरलाई ‘महाराज’ नभनेर गणेशमानले ‘तँ’ भन्नुभयो । त्यही बेलै न्यायाधीशको ठाडो आदेशमा उनलाई हजार कोर्रा हान्ने आदेश भयो । त्यसका लागि गणेशमानले आफूलाई पहिलादेखि नै तयार पारिसकेका थिए । राणा सिपाहीहरूले छ सय कोर्रा हान्दासम्म गणेशमानले सहिरहनुभयो । त्यसपछि भने उहाँ बेहोस हुनुभयो । त्यही बेलादेखि अहिलेसम्म सायद सधैंँसधैंँ गणेशमानजी ‘लौहपुरुष’ भनेर चिनिइरहनु हुनेछ ।

    राणा शासक र त्यो शासनविरुद्ध विद्रोह गरेवापत गणेशमानले भोगेको यी कुनै पहिलो र अन्तिम सजायका कोर्रा थिएनन् । तथापि राष्ट्र, जनता अनि प्रजातन्त्रका लागि उहाँले थाल्नुभएको त्यो सङ्घर्षलाई उहाँले कहिल्यै त्याग गर्नु भएन । बाटाहरू बदलिए होलान्, लडाइँका स्वरुपहरू फेरिए होलान् तर उहाँले आफ्नो लक्ष्यमा आफूलाई कहिल्यै बिचलित पार्नु भएन । कहिल्यै विचलन हुनु भएन । विद्रोहको ‘स्पात’ बनेको एउटा योद्धाका लागि यो जीवन सूत्र नै हो । जीवन हरेक पलहरू गणेशमानजीले प्रजातन्त्रकै लागि त्याग, समर्पण, विद्रोह र सङ्घर्षमै बिताउनुभयो ।

    विद्रोहको चेत त उहाँले जन्मजात नै लिएर आउनुभएको थियो । राणा शासकको जागिरे उहाँका पितापुर्खाको बिरासतलाई उहाँले विद्रोह गरेर त्याग्नुभयो र स्वतन्त्रताको लडाइँमा आफ्नो जीवन अर्पण गर्नुभयो । सुब्बा ज्ञानमान सिंह र सुभद्राकुमारीको जेठो सन्तानका रुपमा १९७२ कात्तिक २४ काठमाडौँमै जन्मिनुभएका गणेशमानलाई उहाँका परिवारले प्रेम गरेर ‘हिराकाजी’ नामले बोलाउँथे । त्यो भनेको उहाँको परिवार ‘काजी’को उपाधिप्राप्त थियो । उहाँका हजुरबुवा राणा सरकारको सरदर हुँदै बडाकाजीसम्म हुनुभएको थियो । र उहाँका पिता ज्ञानबहादुरको मृत्यु हुँदा गणेशमानजीहरू सानै हुनुहुन्थ्यो । उहाँका बडाकाजी हजुरबुबा रत्नमानकै छत्रछायाँमा उहाँ हुर्किनुभएको थियो ।

    काठमाडौंको काजी खानदान । राणा शासनमा बेग्लै छाँट थियो । अलग्गै ठाँट थियो । तर गणेशमानजीको कलिलो मस्तिष्कमै विद्रोह र स्वाभिमानको चेत भरिइसकेको थियो । उहाँको शिक्षादीक्षा दरबार हाइस्कुलमा सुरु भएको थियो । त्यो स्कुलमा राणा र राणा शासकहरूका उच्चपदस्थ कारिन्दाहरूका छोराछोरीले पढ्न पाउँथे । बडाकाजीका नाति भएका कारण गणेशमानजी पनि त्यो स्कुलमा भर्ना हुन पाउनुभएको थियो । त्यहाँ धेरैजसो त राणाहरूका छोरा, नाति पढ्न आउँथे । गणेशमानजीले राणाका ती छोरा नातिहरूलाई कहिल्यै ‘सरकार’ भनेर पुकार्नु भएन र त्यही ‘अनादर’ गरेका कारण उहाँलाई राणाहरूले स्कुलबाट निकालिदिए । त्यसको केही समयपछि उहाँ राणाहरूकै ‘बहिदार’का रुपमा जागिर पाउनुभयो ।

    एकदिन राणाको दरबारअघि उहाँ साइकल कुदाएको आरोपमा उहाँलाई सजाय दिइयो । राणाका अघि ठाँटले हिँडनु, कुद्नु भनेको उनीहरूको अपमान गरे सरह मानिन्थ्यो । तर पनि गणेशमानजी झुक्नुभएन । बरु उहाँले राणाको जागिर छोडिदिनुभयो र त्यसपछि उहाँ कोलकाता जानुभयो । त्यहीँबाट उहाँले मेट्रिक ९एसएलसी० पास पनि गर्नुभयो । त्यहाँकै विद्यासागर कलेजमा पढ्दापढ्दै उहाँका पाइलाहरू राजनीतितिर मोडिएका थिए । त्यसपछि उहाँका पाइलाहरू कहिल्यै पछाडि फर्किएनन्, बरु राणा शासनविरुद्ध उहाँले आफूले आफूलाई सधैँ अग्रमोर्चामै उभ्याउनुभयो ।

    उच्च शिक्षाको अध्ययन गर्दागर्दै घरबिदामा आउनुभएका गणेशमान सिंहले १९९७ सालमा राष्ट्रिय प्रजा परिषद्मा आबद्ध हुनुभएको थियो । यो नेपालकै पहिलो राजनीतिक दल भनेर चिनिन्छ । राजनीतिक जीवनसँगै उहाँको वैवाहिक जीवन पनि सुरु भएको थियो । त्यही वर्ष हजुरबुवा र आमाको आग्रहमा उहाँको विवाह मङ्गलादेवीसँग भयो । विवाहको लगभग तीन महिनापछि उहाँलाई राणा सरकारले फेरि गिरफ्तार ग¥यो । सरकारविरुद्ध जनतालाई उक्साएको आरोपमा उहाँलाई राणा शासकले सर्वस्वहरणसहित आजीवन कारावासको सजाय सुनाएका थिए । उहाँसँगै गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई पनि राणाले जेल हालेका थिए । यी चारजनालाई राणाले झुन्ड्याएर अनि गोली ठोकेर मृत्युदण्ड दिए । उहाँहरू नेपालका अजर अमर सहिदका रुपमा इतिहासले सधँै चिनाइरहेको छ ।

    राणा शासकप्रतिको एकप्रकारको घृणा अनि प्रजातन्त्रका लागि विद्रोहले खारिनुभएका गणेशमानलाई ती जेलका पर्खालहरूले के छेक्न सक्थे र १ भद्रगोल जेल पर्खाल फोडेर उहाँ त्यहाँबाट मुक्त हुनुभयो । त्यसपछि राणाले देश निकाला गरेका भारतमा निर्वासित नेपाली विद्रोहीहरूसँग मिलेर उतैबाट नेपालमा राणा विरोधी आन्दोलनमा आफ्नो उपस्थिति जनाउनुभयो । राणाविरुद्ध सङ्घर्षकालको त्यो बेला उहाँलाई भूमिगत नाम ‘कृष्णबहादुर प्रधान’को नामले चिनिनुहुन्थ्यो ।

    कोलकातामा २००१ सालतिर बिपी कोइरालासँग भेट भएपछि गणेशमान पनि बिपीसँगै राणा विरोधी आन्दोलनमा आफूलाई सक्रिय बनाउनुभएको थियो । २००३ सालमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेसका संस्थापकमध्ये गणेशमान पनि एक पात्र हुनुहुन्छ । २००६ सालमा सुवर्णसमशेर नेतृत्वको प्रजातान्त्रिक कांग्रेससँगको एकीकरणपछि बनेको अहिलेको ‘नेपाली कांग्रेस’ हो । जसको गर्भास्थानमा गणेशमानहरूकै नाम रगतले लेखिएको थियो ।

    २००७ सालमा भारतको बिहारमा भएको नेपाली कांग्रेसको ‘बैरगनिया’ सम्मेलन राणा शासन अन्त्यका लागि एउटा निर्णायक प्रस्थानबिन्दु बन्यो । जहाँ बिपी, गणेशमान, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, खड्गजीत बराल र बहादुर सिंहजस्ता नेपाली कांग्रेसका बलिया खम्बाहरू हुनुहुन्थ्यो । त्यही सम्मेलनमा उहाँहरूले ‘कि राणा शासनको अन्त्य गर्ने, कि आफूहरूको अन्त्य हुने’ कसम लिनुभयो र जहाँनिया राणा शासनविरुद्ध निर्णायक क्रान्तिको सुरुआत गर्नुभयो । फलतः २००७ फागनु ७ गते १०४ वर्षे राणा शासनको अन्त्य भयो र देशमा प्रजातन्त्र आयो ।

    २००८ सालमा नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका गणेशमानले बिपीको निर्देशनमा मन्त्री पद त्याग गर्नुभएको थियो । २०१२ सालमा वीरगन्जमा भएको नेपाली कांग्रेसको छैटौँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिनुभएका सिंह पराजित हुनुभयो । त्यो महाधिवेशनले सुवर्णसमशेरलाई पार्टीको सभापति छानेको थियो । २०१४ सालमा भएको ‘भद्र अवज्ञा’ आन्दोलनमा नेतृत्वदायी भूमिका निभाउनुभएको गणेशमान सिंह २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा काठमाडौंँबाट सांसदमा निर्वाचित हुनुभएको थियो । त्यसपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारमा उहाँ यातायातमन्त्री हुनुभएको थियो ।

    नेपालीले प्रजातान्त्रिक अभ्यास गर्दागर्दै त्यो कलिलो प्रजातन्त्रको घाँटीमा दरबार झुन्डियो । र फेरि बिपी अनि गणेशमानहरूलाई राजा महेन्द्रले जेल हाले । २०१७ सालदेखि लगातार आठ वर्षसम्म उहाँ सुन्दरीजेलमा हुनुहुन्थ्यो । जेलबाट रिहा भएपछि उहाँ पनि निर्वासित हुनुभयो र फेरि प्रवासबाटै देशको पञ्चायती निरङ्कुशताविरुद्ध आन्दोलनमा होमिनुभयो । २०३३ सालमा मेलमिलापको नीति लिएर देश फर्किएका बिपी र गणेशमानलाई विमानस्थलबाटै पञ्चायती सरकारले गिरफ्तार गरेको थियो । त्यो बेला उहाँलाई क्रुर शारिरीक यातना दिइएको थियो । उहाँमाथि राजकाजको मुद्दा चलाइयो र पञ्चहरूले बिपी अनि गणेशमानलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका थिए । उहाँलाई पञ्चायती सरकारले चारपटकसम्म मृत्युदण्डको सजाय सुनाएको थियो ।

    विसं २०३७ को जनमत सङ्ग्रहमा गणेशमान र बिपीबीच मतभेद भएको थियो । बिपीले त्यो जनमत सङ्ग्रहमा बिनाशर्त सहभागी हुने प्रस्ताव राख्नुभएको थियो तर गणेशमान भने त्यसको विरोधमा हुनुहुन्थ्यो । बिडम्बना त्यो जनमत सङ्ग्रहमा पञ्चहरूको धाँधलीका कारण बहुदल पराजित भयो । २०३९ सालमा बिपीको निधन भयो र नेपाली कांग्रेसले उहाँलाई ‘सर्वोच्च’ नेताको मानार्थ जिम्मेवारी दियो । त्यसअघि २०३७ सालमै भारतको पटनामा भएको कांग्रेसको सम्मेलनले उहाँलाई पार्टीको ‘नेता’ छानिसकेको थियो ।

    बिपीको निधनपछि २०४२ सालमा उहाँकै नेतृत्वमा नेपाली कांग्रेसले मेलमिलाप नीतिलाई पुर्नव्याख्या ग¥यो र त्यसपछि गणेशमानले ‘सत्याग्रह’को नेतृत्व गर्नुभयो । २०४६ सालको चैत ५,६ र ७ गते सिंहकै निवासमा भएको नेपाली कांग्रेसको सम्मेलनले जनआन्दोलनको घोषणा गरेको थियो । त्यो जनआन्दोलनलाई तत्कालीन छ वटा कम्युनिस्ट पार्टीहरूले पनि समर्थन गरे र गणेशमानलाई त्यो जनआन्दोलनको सर्वोच्च कमाण्डर स्वीकार गरे । त्यही बेला फेरि पञ्चायती सरकारले उहाँलाई घरमै नजरबन्द ग¥यो । उहाँ बिरामी भएपछि पनि अस्पतालमै नजरबन्द गरियो । २०४६ साल चैतमा उहाँहरूमाथिको प्रतिबन्ध फुकुवा भयो । त्यो बिजयोत्सव मनाउनका लागि टुँडिखेलमा भएको विशाल जनसभाले गणेशमानलाई ‘फादर अफ दि डेमोक्रेसी’ अर्थात प्रजातन्त्रका पिता भनेर सम्मान दिइएको थियो ।

    जनआन्दोलनपछि गठन हुन लागेको अन्तरिम सरकारमा प्रधानमन्त्री हुन तत्कालीन राजा वीरेन्द्रले गर्नुभएको प्रस्तावलाई गणेशमानजीले अस्वीकार गर्नुभएको थियो । बरु आफ्ना समकालीन कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनुभयो । यसरी जीवनभरि राष्ट्र र प्रजातन्त्रका लागि त्याग, सङ्घर्ष र विद्रोह गर्नुभएका नेता गणेशमान सिंहले कहिल्यै उच्च पदको लालसा राख्नभएन ।

    चाणक्यले भनेका छन्–
    ‘त्यजेदेकं कुलस्यार्थे ग्रामस्यार्थे कुलं त्यजेत्
    ग्रामं जन पदस्यार्थे आत्मार्थे पृथिवीं त्यजेत्’

    यसको अर्थ हुन्छ, ‘एउटा कुल रक्षाका निम्ति कुनै व्यक्तिलाई छोड्नू, एउटा गाउँको भलोका लागि कूलको त्याग गर्नसम्म पछि नपर्नू, अनि देशको हित हुन्छ भने गाउँ त्याग गरिदिनू र आत्मसम्मानका लागि बरु यो धर्ती नै त्याग गरिदिनू’ ।

    जीवनको उत्तराद्र्धमा उहाँले भोग्नुपरेको पारिवारिक वियोगको पीडा अनि राजनीतिक जीवनको बिरक्तिले उहाँलाई केही शिथिल पनि बनाएको थियो । प्रजातन्त्रिक लडाइँका लागि आफूलाई सुम्पिनुभएका गणेशमानजीले बरु आफ्नो घरसंसार त्याग्नुभयो, आफन्त अनि देश त्याग्नुभयो तर स्वाभिमान र आत्मसम्मान अनि प्रजातन्त्रका लागि कहिल्यै झुक्नुभएन । यसरी नेपाली राजनीतिको लौहपुरुष अनि प्रजातन्त्रका पिता गणेशमानजी २०५४ साल असोज २ गते सदाका लागि हामीमाझबाट महाप्रस्थान हुनुभयो । लौहपुरुष गणेशमानप्रति हार्दिक श्रद्धाञ्जलि ।
    ९लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ०

    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती
    व्यक्ति विशेष: डिजिटल नेपालको नेतृत्व गर्ने सपना बोकेका केशव नेपाल
    विचार: सूचना प्रविधि, सुशासन र विकास

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.