• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बागमती प्रदेशका मुख्यमन्त्रीको कोरोना उपचारको बिल मुख्यमन्त्रीको कार्यालयद्वारा भुक्तान

  •   बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    र्हेटौँडा। कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलको अस्पतालको बिल मुख्यमन्त्रीको कार्यालयले तिरेको खुल्न आएको छ । सरकारले ‘म गरीब हुँ, मैले पैसा तिर्न सक्दिन भनेमात्र सरकारले कोरोना संक्रमितको खर्च बेहोर्ने र परीक्षण पनि निःशुल्क गरिदिने’ भनेको थियो । तर मुख्यमन्त्री पौडेलको खर्च पनि सरकारले नै बेहोरेको छ । यहाँनेर गम्भीर प्रश्न खडा भएको छ – के पौडेलले आफू खर्च गर्न नसक्ने छु भनेर हात ठडाएपछि सरकारले उपचार गरेको हो ? हैन हो भने उनको हैसियत छर्लङ्ग भएको छ । त्यो पनि पदीय दूरुपयोग हो । उनी नै मूख्यमन्त्री भएको प्रदेश सरकारले बिरामीको निःशुल्क उपचार गरेको छैन । सरकारी अस्पतालमै बिरामीको दोहन गरिएको छ । यदि हैन र सरकारले जानीजानी खर्च गरेको हो भने त्यो पनि पदीय दूरुपयोग हो । सरकारले जनतालाई हेर्नुपर्ने बेलामा आफूलाईमात्र हेर्न थाल्यो भने त्यो जनताको सरकार हैन । यतिमात्र हैन मुख्यमन्त्री पौडेललाई हेटौंडाबाट हेलिकोप्टरमा काठमाडौं ल्याएर उपचार गरिएको थियो । गत कात्तिक ६ गते गरिएको पीसीआर परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि उनलाई काठमाडौंस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना गरिएको थियो । कात्तिक १५ गतेको गरिएको पुनः परीक्षणमा उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि १६ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । उनीसँगै संक्रमित भएकी उनकी पत्नी विजया पौडेलको पुनः परीक्षणमा कोरोना संक्रमण रिपोर्ट पोजिटिभ नै आएको छ । उनीहरु दुबैजना ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेशनमा बसेका छन् ।नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७६ हजार ५०० भन्दा बढी छ । जसमा ३७ हजार ५२४ जना भन्दा बढी सक्रिय संक्रमित छन् । तीमध्ये पनि सबैभन्दा बढी होम आइसोलेसनमा छन् । गरीवले अस्पतालको बेडसमेत पाएका छैनन् । तर सरकारले भने पदीय दूरुपयोग गराउँदै वरिष्ठहरुलाई अस्पतालमा मात्र राखेको छैन यथेष्ट आम्दानी भएकालाई पनि निःशुल्क उपचार गरिदिने गरेको छ ।सोमबार मात्रै थपिएका २ हजार ९३३ संक्रमितमा २००३ जना बागमती प्रदेशकै हुन् । बागमतीमा मात्रै ६९ हजार ७६० जना संक्रमित भइसकेका छन् । त्यस्तै ४९४ जनाको मृत्यु बागमतीमै भएको छ । काठमाडौं उपत्यकामा त स्थिति अझै भयावह छ । तर प्रदेश सरकारको कुनै दायित्व नै देखिएको छैन । मुख्यमन्त्री आफूलाई निको भए पुग्यो र उनले आफूले सरकारी सुविधा लिन पाए पुग्यो । उनलाई मत दिएका जनता हेरेको हेर्यै भएका छन् । तिनै जनताले तिरेको करबाट उनी सुविधा लिँदा दङ्ग छन् ।

    # साभार: हाम्रा कुरा डटकम

     

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.