• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मेहनत र सङ्घर्षले दिलाएको कार्कीको सफलता

  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुन्दरबजार (लमजुङ) । कामको खोजीमा वैदेशिक रोजगारमा जान तम्सिएका जो कोहीलाई सहजै भन्ने गरिन्छ, आफ्नै देशमा केही गरे के हुँदैन ? विदेश नै जानुपर्छ र ? विदेशमा गर्ने श्रम नेपालमै गर्ने हो भने यहाँ पनि केही गर्न सकिन्छ नी । यो त बेरोजगारी समस्या नभोगेकाले वा राजनीति गर्ने र समाजसेवीहरुले भन्ने र दिने उपदेश मात्र हो । देशमा केही गर्न खोज्दाखोज्दै पनि केही सीप नलागेपछि हार खाएर गाउँका थुप्रै ऊर्जाशील युवा अहिले विदेशमा आफ्नो श्रम बेचिरहेका छन् ।

    विदेशिएका जति सबैले भनेजस्तो गर्न त सकेका छैनन् तर पनि केहीले भने राम्रो प्रगति गरेका छन् । आफूले भोगेको जस्तै समस्या अरुलाई नहोस् भन्नका लागि विदेशमा नेपालीलाई सहज हुनेगरी व्यावसायिक काम पनि गरेका छन् । उद्यम गर्ने आफ्नो सोचलाई विदेशमा पुगेर कतिपय युवाहरुले साकारसमेत पारेका छन् । आफ्नै देशमा केही गर्छु भन्दाभन्दै यहाँको प्रशासनिक झन्झट र बेथितिका कारण थाकेर आजित भई विदेशिनेहरुको भीडका एक व्यक्ति हुनुहुन्छ गुमानसिंह कार्की ।

    लमजुङको सुन्दरबजार नगरपालिका–८, घोक्रेश्वाँराका कार्कीले पोर्चुगल पुगेर गरेको सङ्घर्ष र मेहनतले अहिले ७५ जनाभन्दा बढीलाई रोजगार दिएको छ । उहाँले पोर्चुगलबाट सुरु गरेको व्यवसाय अहिले भारत हुँदै काठमाडौँसम्म विस्तार भएको छ । आफ्नो व्यवसायबाट यति धेरै व्यक्तिलाई रोजगार दिन पाएकामा नै उहाँ खुसी हुनुुहुन्छ । “नेपालमा नै केही गर्छु भन्ने सोच उहाँमा नआएको पनि होइन”, उहाँ भन्नुहुन्छ, “गणित र राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नेक्रममै केही व्यवसाय गर्ने सोचमा थिएँ ।

    तर भनेजस्तो नभएपछि विदेश जाने सोच बनाएँ ।” उहाँले आईए पास गरेपछि केही समय बोर्डिङ स्कूलमा शिक्षण कार्य गरे पनि त्यसले आफैँलाई पालिन मुस्किल देखेपछि २०५८ सालमा वैदेशिक रोजगारमा दुबही जानुभयो । विदेशमा रहँदा पनि उहाँलाई स्वदेशमै आएर केही गर्छु भन्ने हुटहुटीले छाडेन । त्यही अठोटले उहाँलाई स्वदेश फर्कायो र दोभान इन्टरनेशनल नामक पेस्टिसाइडको कारोबार गर्ने कम्पनी स्थापना गर्ने तयारीमा जुट्नुभयो ।

    चीनबाट औषधि ल्याएर नेपालमा लेवलिङ गरी बिक्री गर्ने योजनाका साथ काम गर्न हरिहर भवनस्थित पेस्टिसाइड रजिस्ट्रेसन विभागमा जाँदा सात लाख रुपैयाँ घुस मागिएपछि हार खाएर त्यहीँ कागजपत्र च्यातेर फर्किनुभयो । यत्तिकैमा उहाँ निराश बन्नु भएन । युरोप जान पाए पैसा त कमाउन सकिन्थ्यो भन्ने सोच उहाँको मनमा पलायो । यसैअनुरुप सन् २०१३ को डिसेम्बरमा पर्यटक भिसा लिएर पोर्चुगल छिरेका उहाँ त्यहीँ कागजपत्र मिलाएर काम गर्न थाल्नुभयोे ।

    शुरुआती दिनमा ठूलो सङ्घर्ष गर्नुपरेको कार्की बताउनुहुन्छ । सङ्घर्षले मानिसको जीवनमा सफलता ल्याउँछ भन्ने तथ्य उहाँको जीवनमा पनि लागू हुन्छ । उहाँलाई पनि लाग्ने गर्छ, “विदेशमा गरिएको जस्तै श्रम नेपालमा गर्ने हो भने यहीँको जीवन सरल र सहज छ । आफ्नै परिवेश राम्रो छ । यहीँंको संस्कृति सुन्दर छ ।” सुरुका दुई वर्षसम्म उहाँले पोर्चुगलमा सुन्तला र ऐँसेलु टिप्ने काम गर्नुभयो । “काम गर्दागर्दै त्यहाँको सबै रहनसहन बुझेँ, परिवेश थाहा हुँदै गयो, मानिसले कस्तो दुःख पाएका छन् भन्ने पनि देखियोे”, उहाँ भन्नुहुन्छ, “यसले मलाई पनि मेहनत गर्ने आँट जाग्यो ।

    दुःखलाई अवसरका रुपमा लिन थालेँ ।” सुन्तला र ऐँसेलु टिप्ने काम छोडेर ‘युरोफिम्स’ नामक कम्पनीमा काम गर्न थाल्नुभयो । त्यहाँ थुप्रै नेपालीहरु काम गर्दथे । उहाँ पढेलेखेको हुनाले कम्पनीले मानव संशाधनको क्षेत्रको जिम्मेवारी दियो । कम्पनीमा राम्रै आम्दानी पनि थियो । तैपनि सधैँभरि अरुको काम गरेर मात्र आफ्नो प्रगति नहुने र क्षमतावान व्यक्तिले आफ्नै काम गर्नुपर्छ भन्ने कुरा राम्रैसँग बुझेका गुमानसिंहले सन् २०१७ को अन्त्यतिर थ्री स्टार कन्सल्टेन्सी नामक कम्पनी खोल्नुभयो ।

    यस कम्पनीले पोर्चुगलभित्र रहेका दक्षिण एसियाका व्यक्तिहरुको डकुमेन्टेसनसम्बन्धी काम गर्दथ्यो । यसै कम्पनीमा काम गर्दा उहाँले दक्षिण एशियाका कामदारहरुले पाइरहेको दुःखलाई नजिकबाट अनुभव गर्ने अवसर मिल्यो । उनीहरुमध्ये धेरैले त्यहाँको भाषा, संस्कृति र कागजात मिलाउन नसक्दा लामो समयसम्म युरोप बस्ने सपना तुहाइरहेका थिए । लामो समय बस्दा पनि कागजपत्र मिलाउन नसकेर दुःख पाएका दक्षिण एशियाका कामदारहरु देखेर उनीहरुको कार्यमा सघाउने योजना बनाउनुभयो ।

    सोहीअनुरुप ‘ओला अमिगी कल्चर एण्ड ल्याङ्ग्वेज एशोसिएसन’ नामक कम्पनी स्थापना गरी पोर्चुगलको संस्कृति र भाषा सिकाउन थाल्नुभयो । उहाँको व्यावसायिक योजना यतिकैमा टुङ्गिएन । सन् २०१८ मा पोर्चुगलको ‘लिजवनमा थ्री स्टार एकाउन्टिङ’ नामक कम्पनी खोलीे व्यवसायसँग सम्बन्धित लेखापरीक्षणलगायत काम गर्नु थाल्नुभयो । उहाँको यो कम्पनी अहिले विस्तार भएर विशाल कम्पनी बनिसकेको छ । पोर्चुगलमा यसका दुईवटा शाखा छन् भने भारत र काठमाडौँमा पनि शाखा रहेका छन् ।

    कम्पनीमा हाल २५ जना पूर्णकालीन र ५० भन्दाबढीले आंशिक रुपमा रोजगारी पाएका छन् । उहाँका अनुसार रोजगार पाउनेमा ५० प्रतिशतभन्दा बढी नेपाली नै छन् । व्यवसायलाई अहिले श्रीमती र छोराहरुले पनि सघाउन थालेपछि अब उहाँलाई व्यवसायको खासै चिन्ता छैन । चिन्ता छ त केबल आफ्नो जन्मभूमि र आफ्नै देशको । त्यसैले त कार्की अहिले पैत्रृक थलोमा आएर फरक किसिमको सोचका साथ काम गरिरहनुभएको छ । विदेसिनेहरु उतै बस्छन् भन्ने आम बुझाइलाई चिर्दै उहाँले गाउँमा एउटा आवासीय भवन निर्माण गर्नुभएको छ ।

    लमजुङको भोटेवडारबाट बेंसीसहर जाने बाटोबाट करिब दुई सय मिटर माथि एक करोड ५० लाख रुपैयाँको लगानीमा उहाँले बनाएको पर्यटकीय आवाससहितको भवनमा पारिवारिक शैलीमा आफैँ पकाएर खान, नाचगान, भजनकीर्तन गर्न सकिन्छ । माछापोखरी, पार्क अन्य आवश्यक सुविधासहित निर्माण गरिने उक्त स्थान पुरै पर्यटकीय परिवेशको हुने उहाँ बताउनुहुन्छ । कार्की विभिन्न सामाजिक संस्थाहरुमा संलग्न समाजसेवामा उत्तिकै व्यस्त देखिनुहुन्छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.