• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया

  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले मुटुका सम्पूर्ण उपचार हुने गरी सेवालाई स्तरोन्नती गरेको छ । अस्पतालमा मुटुको ओपनहर्ट सर्जरीदेखि बाल मुटुरोगको समेत सेवा पाईने भएको हो । विश्व मुटु रोग दिवसको अवसरमा अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी मुटुको बच्चादेखि बृद्धसम्म सबैको सबै खाले उपचार गर्ने जनाएको हो । बि.सं. २०६९ साल भदौ १ गतेबाट शुरु भएको मुटु उपचारमा हालसम्म आईपुग्दा १० हजार २५० शल्यक्रिया भएका छन् ।

    अस्पतालका मुटुरोग विशेषज्ञ प्रा.डा.श्यामराज रेग्मीका अनुसार ती मध्ये पाँच हजार १७३ जनाको मुटुमा जाली हाल्ने, ७१८ जनामा मुटुमा व्याट्री राख्ने, ३०७ जनामा मुटुको भल्व खोल्ने, २ हजार १९२ जनामा मुटुमा आउने नसाको र १ हजार ८६० जनाको क्याथल्याबमा मुटुको जाँच गरिएको छ । यस अस्पतालमा वि.सं. २०७८ वैशाखबाट सिटिभिएस सेवा शुरु भएको हो । मुटु, छाती र रक्तनलीको शल्यक्रियालाई छोटकरीमा सिटिभिएस भनिन्छ । सिटीभिएस मार्फत् हालसम्म १ हजार ३०० शल्यक्रिया भएका छन् ।

    सात दिनको बच्चादेखि ७८ वर्षको बृद्धसम्म र नौ सयग्रामदेखि ९० केजी तौलसम्मका व्यक्तिहरुको सिटिभिएस मार्फत् शल्यक्रिया गरिएको सिटिभिएस सर्जन प्रा.डा.अनिल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यी शल्यक्रियामध्ये मुटुको ओपनहर्ट सर्जरी १० प्रतिशत, रक्तनलीका ७० प्रतिशत र फोक्सोका २० प्रतिशत रहेका छन् । अस्पतालमा न्यूक्लियर कार्डियोलोजी सेवा समेत रहेको छ । यस विभागमा मुगा स्क्यानमार्फत् मुटुको काम गर्ने क्षमता नाप्ने गरिन्छ । यसरी स्क्यान गर्दा इकोले भन्दा वास्तविक देखाउँछ ।

    यसैगरी मुटुको नसा साँघुरो भएको अवस्थामा साँघुरो भएको भाग र त्यसपछिको नसाको भाग मृत छ कि छैन भन्ने पत्ता लगाउन स्ट्रेस मेयोकार्डियल पफ्र्युजन स्क्यान गरिन्छ । नसाको रोग के छ ? भविष्यमा जोखिम) छ कि छैन भन्ने पत्ता लगाउन मेयो कार्डियल भायविलिटी स्क्यान गरिन्छ । अस्पतालमा छुट्टै बाल मुटुरोग विभाग पनि रहेको छ । पत्रकार सम्मेलनमा बाल मुटुरोग विशेषज्ञ डा. अतिजकुमार मिश्रले नेपालमा हरेक वर्ष करिब ६ हजार बालबालिका जन्मजात मुटुरोगका साथ जन्मने बताउनु भयो ।

    ती मध्ये एक हजार हाराहारी मात्रै उपचारमा आउने गरेको भन्दै उहाँले बाँकी उपचारको पहुँच बाहिर रहेको बताउनुभयो । अस्पतालमा बालबालिकाको मुटुको ईको, ईसिजि, हल्टर लगायत जाँचहरु हुने गर्दछन् । जन्मजात हुने मुटुका प्वाल बिना शल्यक्रिया एन्जियोप्लास्टि माध्यमबाट बन्द गरिने, जन्मजात मुटुरोगको शल्यक्रिया, जन्मजात साँघुरो भएका मुटुका भल्वहरुको बेलुन पद्धतिबाट उपचार हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    यसैगरी गर्भमा भएको बच्चाको मुटुको जाँच फेटल ईको कार्डियोग्राफी, बयस्क अवस्थामा थाहा पाईएका जन्मजात मुटुरोगको बिना शल्यक्रिया एन्जियोप्लास्टि माध्यमबाट हुने उपचार र शल्यक्रिया लगायत सम्पूर्ण बाल मुटुरोगहरुको जाँच र उपचार आफूहरुले गर्दै आएको डा. मिश्रको भनाई छ । सरकारले ७० वर्षमाथि र १५ वर्षमुनिकालाई मुटु रोग निःशुल्क सेवा दिने भएपनि राजधानी बाहिर कुनै पनि अस्पताललाई यो सेवा नदिंदा आर्थिक अभावमा धेरै उपचारबाट बञ्चित भएको उहाँको भनाई छ ।

    यस अस्पतालमा दैनिक सरदर दुई सय जना मुटु रोग सम्बन्धी समस्या लिएर बिरामीहरु आउने गर्दछन् । ती मध्ये २० जना बालबालिका हुने गरेका छन् । अस्पतालका मुटुरोग विशेषज्ञ प्रा.डा. रेग्मी सूर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपन, शारीरिक निस्क्रियता, मदिराजन्य वस्तुको प्रयोग, वायु प्रदुषण, मानसिक तनावका कारण मुटु रोग हुने गरेको बताउनुहुन्छ । यस्ता विषयमा ध्यान दिन सक्ने हो भने ८० प्रतिशत मुटुरोगीहरुले अकालमा मृत्युवरण गर्नु नपर्ने उहाँको भनाई छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले बालबालिकादेखि बृद्धबृद्धासम्मको मुटुको सबै खालको उपचार हुने गरेको बताउनुभयो ।

    विगतका दिनहरुमा यहाँबाट मुटुको उपचार गर्न राजधानी काठमाण्डौं जाने गरेकोमा अहिले काठमाण्डौं सहित देशका विभिन्न जिल्लाबाट मुटु उपचारका लागि यहाँ आउने गरेको उहाँले बताउनुभयो । सरकारले बालबालिका र जेष्ठ नागरिकलाई निःशुल्क मुटु उपचार कार्यक्रम आफूहरुले पाएमा धेरै बिरामी आर्थिक अभावमा उपचारबाट बञ्चित हुन नपर्ने प्रा.डा.न्यौपानेको भनाई छ । राजधानी काठमाण्डौंभन्दा सस्तो र उच्चस्तरको मुटु उपचार हुने भएकाले देशकै मुटु उपचारको केन्द्र बन्न सफल भएको उहाँ बताउनुहुन्छ ।

    यस अस्पतालमा दैनिक सरदर दुई सय जना मुटु रोग सम्बन्धी समस्या लिएर बिरामीहरु आउने गर्दछन् । ती मध्ये ५० जना कार्डियो भास्कुलर, २० जना बाल मुटुरोग र १३० जना हाराहारी मुटुरोग विभागमा आउने गर्दछन् । अस्पतालमा दैनिक १० देखि १२ जना बिरामी भर्ना हुने गर्दछन् । अस्पतालमा मुटुरोगको २० शैयाको आईसियू, सिटिभिएस वार्ड २० शैया र जनरल मुटु वार्ड १० शैयाको रहेको छ भने बालबालिकाका लागि पिआईसियु र एनआईसियू सेवा रहेका छन् ।

    अस्पतालमा मुटुरोगको उपचार गर्न आउनेहरुले स्वास्थ्य बीमामार्फत् रु. एक लाख, विपन्न उपचार कोषबाट रु. एक लाख पाउँछन् भने सामाजिक सुरक्षा कोषमार्फत् उपचार गर्नेहरुले ८० प्रतिशत छुट पाउँछन् । हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभरि नै विभिन्न कार्यक्रम गरी मुटु दिवस मनाइँदै आइएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.