• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

निःशुल्क मुटु उपचार कार्यक्रम प्रदान गर्न सिएमसीद्वारा माग

  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा विगत १२ वर्षको अवधिमा १० हजार बढी मुटुका शल्यक्रिया भएका छन् । विसं २०६९ भदौ १ गतेबाट सुरु भएको मुटु उपचारमा हालसम्म आइपुग्दा १० हजार दुई सय ५० शल्यक्रिया भएका हुन् । विश्व मुटु दिवसका अवसरमा अस्पतालद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मुटु उपचारमा अस्पताल अग्रणी बनेको जानकारी दिइयो ।

    अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीका अनुसार तीमध्ये पाँच हजार एक सय ७३ जनाको मुटुमा जाली हाल्ने, सात सय १८ जनामा मुटुमा ‘ब्याट्री’ राख्ने, तीन सय सात जनामा मुटुको भल्व खोल्ने, दुई हजार एक सय ९२ जनामा मुटुमा आउने नशाको र एक हजार आठ सय ६० जनाको ‘क्याथल्याब’मा जाँच गरिएको छ । यस अस्पतालमा विसं २०७८ वैशाखबाट ‘सिटिभिएस’ सेवा सुरु गरेको थियो । मुटु, छाती र रक्तनलीको शल्यक्रियालाई छोटकरीमा सिटिभिएस भनिन्छ । सिटीभिएसमार्फत हालसम्म एक हजार तीन सय शल्यक्रिया भएका छन् ।

    सात दिनको बच्चादेखि ७८ वर्षका वृद्धसम्म र नौ सय ग्रामदेखि ९० केजी तौलसम्मका व्यक्तिको सिटिभिएसमार्फत शल्यक्रिया गरिएको सिटिभिएस सर्जन प्रा डा अनिल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यी शल्यक्रियामध्ये मुटुको ‘ओपनहर्ट सर्जरी’ १० प्रतिशत, रक्तनलीका ७० प्रतिशत र फोक्सोका २० प्रतिशत छन् । अस्पतालमा न्यूक्लियर कार्डियोलोजी सेवा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस विभागमा मुगा स्क्यानमार्फत मुटुको काम गर्ने क्षमता नाप्ने गरिन्छ । यसरी स्क्यान गर्दा इकोले भन्दा वास्तविक देखाउँछ ।

    यसैगरी मुटुको नशा साँघुरो भएको अवस्थामा साँघुरो भएको भाग र त्यसपछिको नशाको भाग मृत छ कि छैन भन्ने पत्ता लगाउन ‘स्ट्रेस मेयोकार्डियल पफ्र्युजन स्क्यान’ गरिन्छ । नशाको रोग के छ ? भविष्यमा जोखिम छ कि छैन भन्ने पत्ता लगाउन ‘मेयो कार्डियल भायविलिटी स्क्यान’ गरिन्छ । पत्रकार सम्मेलनमा बाल मुटुरोग विशेषज्ञ डा अतिजकुमार मिश्रले नेपालमा हरेक वर्ष करिब छ हजार बालबालिका जन्मजात मुटुरोगका साथ जन्मने बताउनुभयो ।

    तीमध्ये एक हजार हाराहारीमात्र उपचारमा आउने गरेको जनाउँदै उहाँले बाँकी उपचारको पहुँच बाहिर रहेको बताउनुभयो । सरकारले ७० वर्षमाथि र १५ वर्षमुनिकालाई मुटुरोग निःशुल्क सेवा प्रदान गर्ने भए पनि राजधानी बाहिर कुनै पनि अस्पताललाई यो सेवा नदिँदा आर्थिक अभावमा धेरै उपचारबाट वञ्चित भएको उहाँको भनाइ छ । यस अस्पतालमा दैनिक सरदर दुई सय जना मुटुरोगसम्बन्धी समस्या लिएर बिरामी आउने गर्छन् । तीमध्ये २० जना बालबालिका हुने गरेका डा मिश्रले बताउनुभयो ।

    अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा रेग्मी सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपन, शारीरिक निष्क्रियता, मदिराजन्य वस्तुको प्रयोग, वायु प्रदूषण, मानसिक तनावका कारण मुटुरोगका बिरामी बृद्धि भइरहेको बताउनुहुन्छ । यस्ता विषयमा ध्यान दिन सक्ने हो भने ८० प्रतिशत मुटुरोगीले अकालमा मृत्युवरण गर्नु नपर्ने उहाँको भनाइ छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले बालबालिकादेखि वृद्धवृद्धासम्मको मुटुको सबै खालको उपचार हुने गरेको जानकारी दिनुभयो ।

    विगतमा यहाँबाट मुटुको उपचार गर्न राजधानी काठमाडौँ जाने गरेकामा अहिले काठमाडौँसहित देशका विभिन्न जिल्लाबाट मुटु उपचारका लागि यहाँ आउने गरेको उहाँले बताउनुभयो । सरकारले बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क मुटु उपचार कार्यक्रम आफूहरूले पाएमा धेरै बिरामी आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपर्ने प्रा डा न्यौपानेको भनाइ छ । राजधानी काठमाडौँभन्दा सस्तो र उच्चस्तरको मुटु उपचार हुने भएकाले देशकै मुटु उपचारको केन्द्र बन्न सफल भएको उहाँको दाबी रहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.