• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बलान नदी कटानले जोखिममा बस्ती

  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिरहा । केही दिनअघिको वर्षाले सिरहामा भौतिक एवम् मानवीय क्षति नभए पनि नदी आसपासका सयौँ बिघा खेतीयोग्य जमिन कटान गरेको छ । यहाँको बलान नदीले तटबन्ध भत्काउँदा किनाराका बस्ती बगाउने त्रासमा स्थानीय छन् । सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीको बाढीले तटबन्ध भत्काएर लहान—४ स्थित इस्लामपुरको बस्तीमा पसेको थियो । करिब तीन सय मिटर तटबन्ध भत्काएर बस्तीमा बाढी पसेपछि ३० घरपरिवार बिचल्लीमा परे । सयौँ बिघाको धानखेत क्षणभरमै सखाप भयो ।

    “एक्कासि बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन भागाभाग भयो,” लहान—४ इस्लामपुरका बाढीपीडित मो सदरुर मियाँले भन्नुभयो, “नदीले तटबन्ध नै भत्काएछ ।” मियाँको जस्तै समस्या लहान—२३ तिलेबोनाका गङ्गाप्रसाद यादवले पनि भोगिरहनुभएको छ । हरेक वर्ष बलान नदीले जमिन कटान गर्दा बस्ती बगाउने चिन्तामा रातदिन बस्नुपरेको उहाँले बताउनुभयो । “दशकौँदेखि गरिखाने जमिन आँखै अगाडि हेर्दाहेदै नदीले निलेको हेर्न विवश छौँ । यो नदीले हामीलाई रित्तो बनाइदियो, सबै सकियो । ओत लाग्ने घर पनि बाढीले कुन दिन बगाउने हो, टुङ्गो छैन”, यादवले भन्नुभयो ।

    बाढीले तिलेबोनामा मात्रै १० बिघा खेतीयोग्य जग्गासँगै आँपको बगान बगाएको छ । नदीले कटान गरी गाउँ नजिक पुगिसकेकाले तत्कालै नियन्त्रण नगरेमा दक्षिणी भेगका सखुवानान्कारकट्टी र भगवानपुर गाउँपालिका प्रभावित हुने स्थानीय बताउँछन् । “हिउँदमा चकमन्न भएर बग्ने बलान नदी वर्षातसँगै भेल बाढी मात्र बग्दैन, नदीकिनार बासिन्दाको आँसु पनि सँगै बग्छन्”, सखुवानन्कारकट्टी गाउँपालिकाको—४ का हरिलाल यदवले भन्नुभयो । उहाँका अनुसार पछिल्लो दशकमा नदीले बसनपुरमा २२, भगवतीपुर मौजीमा ५१, सिम्राहा मौजीमा ८४ बिघा जमिन कटान गरिसकेको छ ।

    सयौँ बिघा नम्बरी जग्गा बगर बनाएको छ । नदी सोझिएको बस्ती तर्फ लागेको यादव बताउनुहुन्छ । कुनै बेला जमिनदारको गाउँ भनेर कहलिने इटहर्वा, भगवानपुर, तिलेबोनालगायतका गाउँको परिचय अहिले मेटिएको छ । नदीले करिब १५ वर्षअघि धार परिवर्तन गरी बस्तीतिर सोझिएपछि विपद् सुरु भएको थियो । त्यसयता लहान नगरपालिकाको वडाअन्तर्गत ३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिकाको ३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेवोना तथा भगवानपुर गाउँपालिकाको १, ३ र ४ नम्बर वडाअन्तर्गत भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको उच्च जोखिममा छन् ।

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाका डिभिजन प्रमुख हसमत अन्सारीका अनुसार नदी नियन्त्रणको लागि पर्याप्त बजेट उपलब्ध छैन । उहाँले भन्नुभयो, “स्थानीय तह र प्रदेश सरकारबाट जे जति काम भएको छ, त्यो पर्याप्त छैन ।” बलान नदी नियन्त्रणको लागि लहान नगरपालिकाले वडा नं २३ स्थित तिलेबोनामा अघिल्लो आवमा रु ५० लाख बढी खर्चेर करिब एक सय ५० मिटर तटबन्ध निर्माण गरेको थियो ।

    गत आर्थिक वर्षमा मधेश प्रदेश सरकारबाट बलान नदी नियन्त्रणको लागि रु ९५ लाख खर्चेर करिब पाँच सय मिटर तटबन्ध निर्माण गरिएको थियो । लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बलान नदी नियन्त्रणको लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश तथा सङ्घीय सरकारलाई सहयोगको आग्रह गर्नुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.