काठमाडौं । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ यूट्युबमा उपलब्ध भएको छ । हलमा रिलिज भएको डेढ वर्षपछि यो फिल्म यूट्युबमा आएको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक भएको फिल्ममा एक सेलिब्रेटी र फ्यानबीचको प्रेमकथा रहेको छ । झरना थापा निर्देशित फिल्ममा अनमोलसँग सुहाना थापाको जोडी बाँधिएको छ । फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने उनको फ्यानको भूमिकामा सुहाना छिन् । घरेलु बक्सअफिसमा ९ करोड ग्रस कलेक्सन गरेको थियो । यही फिल्मबाट सुहानाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।
https://www.youtube.com/watch?v=7OZC65XsLV0&feature=emb_logo








