मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन् । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बृष राशी– आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भोगविलासमा खर्च बढ्ने सम्भावना छ । पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला । तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। समस्या दर्साउँदा सहयोगी भने फेला पर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारलगायत आर्थिक लाभ हुने काममा मन्दी आउन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ । प्रतिस्पर्धामा पछि परिने भयले सताउनेछ । तापनि द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) चुनौती चिर्दै काम बनाउन सकिनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ ।आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ गर्ने समय छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ । तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । तापनि, समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ । विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ ।








